IME Life New

मन्दीमा पनि एशियन पेन्ट्सकाे काराेबार बढ्याे,रू‍‍. ८ अर्ब ७४ कराेडकाे पेन्ट्स बिक्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरजग्गा काराेबारमा मन्दीका बावजुद र‌ंग उत्पादक कम्पनी एशियन पेन्ट्स नेपाल प्रालिले काराेबार र नाफा दुबैमा उल्लेख्य वृद्धि गरेकाे छ। एशियन पेन्ट्सले सार्वजनिक गरेकाे वर्ष २०२२-२३ काे वार्षिक प्रतिवेदन अनुसार गत आवमा काराेबार रकम १५‍.३ प्रतिशतले बढ्दा नाफा ४.८१ प्रतिशतले बढेकाे छ।

घरजग्गा काराेबारमा भएकाे मन्दीसँगै पेन्ट्स माग घट्दा पनि बजार रणनीति र उत्पादनमा नविनतासँगै एशियन पेन्ट्सले काराेबार विस्तारमा सफलता पाएकाे हाे । यद्दपी याे वृद्धिदर अघिल्ला वर्षहरूभन्दा कम हाे । कम्पनीका अनुसार गत वर्ष कूल ८ अर्ब ७४ कराेड ६४ लाख रूपैयाँ बराबरकाे पेन्ट्स बिक्री भएकाे छ । यति ठूलाे काराेबार हुँदा १ अर्ब ५२ कराेड रूपैयाँ खुद नाफा आर्जन भएकाे छ। काराेबार रकमकाे आधारमा नाफाकाे हिस्सा १७.४७ प्रतिशत हाे । एशियन पेन्ट्स समूह अन्तर्गतका अधिका‌ंश कम्पनीहरू घाटामा रहेका बेला गत वर्ष गरेकाे नाफामा एशियन पेन्ट्स नेपालकाे नाफाले ५० प्रतिशतभन्दा बढी याेगदान दिएकाे छ।

Esewa
Crest

यसैगरी राेयल्टी इन्कम(सलामी दस्तुर) वापत एशियन पेन्ट्स नेपालले भारतीय माउ कम्पनी एशियन पेन्ट्स लिमिटेडले २७ कराेड ५० लाख रुपैयाँ भुक्तानी पाएकाे छ। यसबाहेक लाभा‌ंशवापत २२ कराेड ७५ लाख रूपैयाँ एशियन पेन्ट्सले कमाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

43%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS