IME Life New

भोलिदेखि सिटिजन लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्दै, क-कसले भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भोलि असार ३१ गतेदेखि प्रिमियमा आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा वैदेशि रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । सर्वसाधारण लगानीकर्ताको लागि भने मिति तय भएको छैन ।

कम्पनीले प्रति शेयर रू१०० अङ्कित दरमा कर्मचारीहरुको लागि र बाँकीलाई प्रति शेयर रू १०० अङ्कित दरमा प्रिमियम बापत रू १४४ थप गरी जम्मा प्रति शेयर मूल्य रू २४४ मा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले ५ लाख ६२ हजार ५०० कित्ता शेयर प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीहरुको लागि निष्काशन गर्न लागेको हो ।

Esewa
Crest

साधारण शेयरको सर्वसाधारणमा निष्काशन गरिने तथा सर्वसाधारणलाई छुट्टाइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता साधारण शेयरहरूको सार्वजनिक निष्काशन गरिने छ ।

कम्पनीको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तयि दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

54%
happy

खुसी

15%
sad

दु :खी

15%
amazed

अचम्मित

8%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS