IME Life New

भूकम्प प्रतिकार्यको एकिकृत सहयोग ढाँचा प्रभावकारी :विज्ञहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वि.सं २०७२ भूकम्पको प्रतिकार्य गतिविधिबाट सिकिएका पाठहरुको निचोड निकाल्न रेडक्रस अभियानले आयोजना गरेको ३ दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालाले नेपालको भूकम्प पश्चात अवलम्बन गरिएको एउटै रेडक्रस अभियान, एउटै खालको योजना अन्तरर्गत एकिकृत सहयोग ढाँचा ल्याउन सफल र उपयोगी भएको निश्कर्ष निकालेको छ ।

उक्त छलफलले रेडक्रसको संस्थागत क्षमता र कानुनी आधारमा थप सुदृढीकरण गर्नुपर्ने, सामुदायिक सहभागिता र जवाफदेहिता, लैंगिक समानता, सञ्चार, अनुगमन मुल्याँकन जस्ता विषयहरुलाई एकाकार गरी उद्यार र प्रतिकार्यसम्बन्धी निर्दे्शिकाहरु मुलुकको संघीय संरचना अनुकुल ढाल्नुपर्ने बताएका छन् ।

Esewa
Crest

यसका साथै प्रतिकार्यको लागि स्पष्ट कार्य्विधि सहितको एक स्थायी संरचना निर्माण हुनुपर्ने र सहयोग सम्बन्धि सिद्धान्तहरुलाई व्यापक प्रचार गरिनुपर्ने जस्ता रणनीतिक प्राथमिकताहरु तय गरेको छ । नेरेसोका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो ः “भविश्यमा हुनसक्ने ठूला विपद्मा थप प्रभावकारी सहयोग गर्न केन्द्र, प्रदेश र स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणको लागि दीर्घकालीन लगानी र साझेदारी बढाउन अत्यावश्यक छ ।”

वि.सं २०७२ सालको विनाशकारी भूकम्प पश्चात रेडक्रसबाट गरिएको तत्काल सहयोग तथा अति प्रभावित जिल्लाहरुमा सञ्चालित भुकम्प प्रतिकार्य कार्यक्रममा भएका राम्रा अभ्यास र चुनौतीहरुको समीक्षा गर्दै भविश्यमा यस्तै विपद् आँउदा समग्र रेडक्रस परिवारले अझ राम्रो गर्न व्यवहारिक उपाय सिक्न कार्यक्रम आयोजना गरिएको अन्तर्रा्ष्ट्रिय महासँघका प्रतिनिधि जुजा किम ले जानकारी दिनुभयो ।

नेपालमा रेडक्रसमार्फत् अती प्रभावित क्षेत्रहरुमा आवास, जीविकोपार्जन, स्वास्थ्य, सरसफाई लगायतका समुदायमा विभिन्न पक्षहरुको सहयोगमा सञ्चालित सहयोग गतिविधिहरु तथा संस्थागत क्षमता विकास गतिविधिहरुबाट सिकिएका पाठहरुको लागि ११ वटा समूहमा विभाजित भई छलफल आयोजना गरिएको र हरेक समूहका निश्कर्षहरु उत्तिकै महत्वपूर्ण भएको नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले बताउनुभयो ।

जापान, थाइलैण्ड, कतार, अष्ट्रेलिया, वेलायत, अमेरिका, क्यानडा, डेनमार्क, फिनल्याण्ड, कोरिया, क्यानडा, स्पेन र स्वीजरल्याड रेडक्रसका प्रतिनिधिहरु, नेपाल सरकारका गृह, शहरी विकास, महिला बालबालिका तथा जेष्ठ नागरीक, कृषि र स्थानीय विकास मन्त्रालयका प्रतिनिधिहरु, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ का साथै भूकम्प प्रतिकार्य र पुननिर्माणमा संलग्न एनसेट, एचआरआरपी बलम लगायतका प्रतिनिधिहरु तथा प्रतिकार्य गतिविधिमा संलग्न केन्द्र एवं जिल्लाका रेडक्रसकर्मीहरु गरी १४० जनाको सहभागिता रहेको सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

गृहमन्त्रालयका उप सचिव वंशी कुमार आचार्यले भूकम्पको पहिलो दिनदेखि नै आफू हवाइअड्डामा खटिएको र रेडक्रसको कामबाट प्रभावित भएको बताउनुभयो । मेक्सिकोका परामर्शदाता वान ले सहजीकरण गर्नुभएको सो कार्यक्रममा सहभागी र नेपालमा भुकम्प प्रतिकार्यमा प्रत्यक्ष सहयोग गर्नुहुने सवैलाई नेरेसोका महामन्त्री देवरत्न धाख्वाले धन्यवाद दिदै भन्नुभयो :हरेक व्यक्ति र सँस्था जुनसुकै वेला विपत्तिको सामना गर्न तयार हुनुपर्छ, हिजो भन्दा चाँडो, हिजो भन्दा राम्रो तरीकाले काम गर्न सिक्दै जानुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS