IME Life New

भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामिडाडालाई केन्द्र बिन्दु बनाइ कार्तिक १७ गते राती गएको भुकम्पले छेड बिछेद भएको जाजरकोटको सबैभन्दा बिटक बस्ती बारेकोट गाउपालिकाको वडा नम्बर ४ जिरिमा, सिटिजन लाइफ इन्स्येरेन्स कम्पनीले राहत सामाग्री, न्यानो कपडा वितरण गरेको छ । बारेकोट गाउपालिका ४ जिरिका भगवती माध्यामिक बिद्यालय र नौमुले प्राथमिक बिद्यालयका कुल ४७९ विद्यार्थीहरुलाई प्रतेकलाइ ज्याकेट, टोपी र हाइनेक बितरण गरेको हो ।

जाजरकोट र जुम्ला को सिमाना पर्ने हिमालको काखैमा रहेको उक्त दुइ बिद्यालयको प्राङ्गडमा पुगीकन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारी, जाजरकोट शाखा प्रमुख गोबिन्द बहादुर बुढा , एजेन्सी म्यानेजर पदम बहादुर बुढा र भवानी शाहिको उपस्थिति मा वडा नम्बर ४ का वडाअध्यक्ष बिष्णु बहादुर रावत ,बारेकोट गाउपालिका शिक्षा शाखा प्रतिनिधि सुरेन्द्र पुन, बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष गोपाल बहादुर रावत लगायको सहभागितामा उक्त राहात सामाग्री बितरण गरिएको हो ।

Esewa
Crest

बीमा सचेतना कार्यक्रम पनि संचालन गरिएको थियो । बीमा सचेतना कार्यक्रममा बोल्दै जीवन बीमा र निर्जीवन बीमा दुवैको महत्त्व बारेमा कम्पनिका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारीले प्रशिक्षण दिएका थिए भने जीबन बीमाले प्रदान गर्ने सुरक्षाको बारेमा पदम बहादुर बुढाले आफ्नो जिवन कालका लामो अनुभव सुनाका थिए ।

कार्यक्रम्मा बोल्दै वडा अध्यक्ष रावतले सुमुदायको लागि बीमा अपरिहार्य रहेको र सिटिजन लाइफले बीमाको बिकास र बिस्तारको लागि दुरदराजका बस्तिमा गरेको योगदानको लागि धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS