IME Life New

भावनाले छोराको जन्मदिनमा दिइन् २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिनमा महँगो र अनावश्यक उपहार दिने चलन अहिले परिवर्तन हुँदै गएको छ। चाडपर्व तथा उत्सवहरूमा फजुल खर्च गर्ने प्रवृत्तिलाई हटाउँदै भविष्य सुनिश्चित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने चलन दिन प्रतिदिन बढ्दै गएको छ।

यसै क्रममा धरान ११ निवासी आमा भावना याखाले आफ्नो छोरा तिमोथी राईको जन्म दिनको सुखद उपलक्ष्यमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स धरान शाखाबाट २० लाख रुपैयाँ बराबरको रिलायबल सुलभ जीबन बीमा उपहार स्वरुप प्रदान गरेकी छन् ।

Esewa
Crest

उक्त बीमा पोलिसी रिलायबल नेपाल लाइफ धरान शाखा प्रमुख मेनुका श्रेष्ठ मार्फत हस्तान्तरण गरिएको थियो। आमा भावना याखाले छोराको उज्ज्वल भविष्य, परिवारको जोखिम व्यवस्थापन, बचत र सुरक्षाका लागि बीमा पोलिसी उपहार दिएको बताएका छन्।

यस प्रकारको कार्यले समाजमा बीमाप्रति सकारात्मक सन्देश प्रवाह गर्ने र अनावश्यक खर्च गर्नेभन्दा बीमा पोलिसी उपहार दिनु दीर्घकालीन रूपमा लाभदायक हुने बीमा विज्ञहरू बताउछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS