IME Life New

भारतीय निर्जीवन बीमाले ७ देखि ९ प्रतिशत वृद्धि हासिल गर्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय निर्जीवन बीमा व्यवसायले आर्थिक वर्ष २०२२ मा कुल प्रत्यक्ष प्रिमियम आय (जीडीपीआई) मा ७ देखि ९ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ ।

भारतीय क्रेडिट रेटिंग एजेन्सी आईक्राले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ३१ मार्च २०२२ मा समाप्त हुने चालु आर्थिक वर्षभित्र यो आर्थिक वृद्धि हुने छ । अपेक्षित विकासको पछाडि प्रमुख कारणहरू स्वास्थ्यबाट बढेको प्रिमियम कमाई र मोटर क्षेत्रको कारण हो ।

Esewa
Crest

आइक्राका अनुसार निर्जीवन बीमा क्षेत्रको आ.व.२०२१ मा वृद्धि दर ४ प्रतिशतमात्र देखिएको थियो ।‌ सन्‌ २०२१ मार्च ३१ सम्ममा कूल बीमाशुल्क आर्जन २.९५ ट्रिलियन (भारु १.८५ ट्रिलियन) मा पुगेको थियो । आ.व २०२१ मा‌ यो नेरु २.८५ ट्रिलियन थियो । १ ट्रिलियन भनेको १० खर्ब रुपैयाँ हो ।

कोरोना भाइरस महामारीको कारणले बढेको दाबीले वृद्धि दर प्रभावित भएको थियो। सन् २०२० मा १४ प्रतिशतको हाराहारीमा वृद्धि दर रहेको थियो ।

अद्ययन प्रतिवेदनको सारांशमा सन् २०२१ मा समग्र निर्जीवन बीमा क्षेत्रले केही प्रतिशतले वृद्धि देखे पनि सरकारी लगानीका बीमा कम्पनीहरूको व्यवसाय ह्रास आएको उल्लेख छ। निजी क्षेत्रको तुलनामा सूचना प्रविधिको ढिलो प्रयोगका बीमाशुल्क आम्दानीमा गिरावट आएको हो । निजी क्षेत्रले गत आ.व. मा८ प्रतिशत व्यवसाय वृद्धि गरेर नेरु १.८१ ट्रिलियन बीमाशुल्क आम्दानी गरेको थियो ।

प्रतिवेदनका अनुसार अनुसन्धानमा सार्वजनिक क्षेत्रका ४ सहित १७ वटा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय समावेश गरिएको थियो ।  यी कम्पनीहरूले सन् २०२१ को ९ महिनाको  अवधिमा कूल बीमाशुल्क आम्दानीको ९०  प्रतिशत हिस्सा ओगटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS