IME Life New

भारतमा जनजीवन सामान्य भएसँगै मोटर बीमाको दावी बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी : भारतमा सवारी साधानहरुको चाप सामान्य हुन थालेसँगै मोटर बीमाको दावी पनि बढेको छ। कोरोना भाइरसको कारण सिर्जना भएको लकडाउनको कारणले गर्दा अप्रिल महिनामा मोटर बीमाको दावी पहिलेको तुलनामा १० प्रतिशत भन्दा कममा सिमित भएको थियो।

इकोनोमिक टाईम्सका अनुसार अप्रिल महिनामा पुरै देशले लकडाउनको सामाना गर्नु परेकोमा सामान्य अवस्थाको १० प्रतिशत भन्दा थोरै दावी परेको थियो  तर मे महिनामा सामान्य अवस्थाको ५० – ६० प्रतिशत मोटर बीमाको दावी  परेको  छ। मे महिनामा केही दावी वृद्धि भए पनि सामान्य अवस्थाको बेला आउने दावी भन्दा निकै कम दावी हो।

Esewa
Crest

पश्चिम बङ्गाल र उडिसामा आएको जलवाष्प युक्त हावाको कारण भएको क्षतिले गर्दा पनि मे महिनामा मोटर बीमाको दावीमा वृद्धि गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS