IME Life New

भाञ्जीको अन्नप्राशनमा मामा माइजूले दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, ६ असार । भाञ्जीको अन्नप्राशन (भात खुवाई)का अवसरमा मामा–माइजूले जीवन बीमा पोलिसी (बीमालेख) उपहार दिएका छन् । दोलखाको बिगु गाउँपालिका–५ चिलंखा स्थायी ठेगाना भएका ज्योति जीसी र रोजिना बुढाथोकीको जोडीले आफ्नी भाञ्जी आन्शी थापालाई उपहारस्वरुप हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको बीमालेख प्रदान गरेका हुन् ।

आन्शीका लागि उनका मामा–माइजूले पाँच लाख रुपैयाँ बीमाङ्क भएकोको बीमा गरिदिएका हुन् । जीवन बीमाले जीवनको जोखिम बहन गर्नाका साथै बचतको बानीको समेत विकास गर्ने भएकाले उपहारमा नगद र जिन्सीको सट्टा बीमालेख दिइएको जीसीले बताए ।

Esewa
Crest

हाम्री रहरकी प्यारी भाञ्जी आन्शीको अन्नप्राशन कार्यक्रम । यस अवसरमा उनलाई मावलीको तर्फबाट हामीले जीवन बीमा पोलिसी उपहार दिएका छौँ,’ जीसीले भने, ‘भाञ्जीको नामको यो उपहारबाट उनका बुबा–आमाले जति कमाइ गरिरहेका छन् त्यसैबाट बचत पनि गर्ने बानीको विकास होस् भन्ने उद्देश्य राखिएको छ । साथमा जीवन सुरक्षाको कुरा त छँदैछ ।’

उनले पोलिसी जारी गर्ने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको गोकर्णरजोरपाटी कार्यालय, शाखा प्रमुख गणेश लामिछाने र सम्बन्धित अभिकर्ताप्रति आभार व्यक्त गरेका छन् । धेरै कमाइलाई पर्खेर होइन, जति छ त्यसैबाट सुरू गर्दा मात्रै बचत सम्भव रहेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS