IME Life New

भाइरल भइरहने नायिका पूजा शर्माले जीवन बीमाबारे दिइन् यस्तो अभिव्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चलचित्रकर्मी पूजा शर्मा नयाँ पुस्ताकी कलाकार हुन् । उनी युवा दर्शकमाझ निक्कै लोकप्रिय छिन् । तर, समय–समयमा उनी आफ्ना अभिव्यक्तिका कारण विवादमा आउने र सामाजिक सञ्जालहरुमा आलोचना र चर्चासँगै भाइरल पनि भई रहेकी हुन्छिन्।

केही समययता सामाजिक सञ्जालमा जीवन बीमाबारे उनको अभिव्यक्ति भाइरल भइरहेको छ। अनलाइन टीभी च्यानल सूत्र टीभीसँगको अन्तर्वार्तामा उनले जीवन बीमामा ठगिएको र आफूलाई कसै(कुनै अभिकर्ता)को विश्वास नै नलागेको प्रतिक्रिया दिएकी छन्।

Esewa
Crest

जीवन बीमाबारे शर्माले यसो भनेकी छन्, ‘लाइफ इन्स्योरेन्स गर्या चाहिँ छैन, त्यस्तो केही पनि। भन्छ(सहमत हुँदै) गर्नुपर्छ, मलाई कतिले अफर गर्नुहुन्छ, गर्नुपर्यो पूजाजी हाम्रोमा आउनुस्। मलाई याद छ, एकपटक सुदर्शन(थापा) जीले होला लाइफ इन्स्योरेन्स गरेपछि गर्नुपर्छ भनेर मैले त्यो फिप्टी थाउजेन्ड लानुभाथ्यो, त्यो इन्स्योरेन्स कम्पनी हराएछ। अनि त्याँदेखि मलाई कसैको विश्वासै लाग्दैन। मलाई याद पनि छैन (पृष्ठभूमीमा अन्तर्वार्ताकार खित्का छोडेर हाँसेको सुनिन्छ)।’

नायिका पूजा शर्माको जीवन बीमा र समग्र बीमाबारेको बुझाइ वा चेतनाको स्तर कस्तो छ भन्ने अनुमान लगाउन सकिन्छ। अब शर्माले रु. ५० हजार कुन बीमा कम्पनीमा जीवन बीमाका लागि दिएकी थिइन् ? वा निर्माता सुदर्शन थापामार्फत त्यो पैसा बीमा अभिकर्ता वा बीमा कम्पनीसम्म पुग्नै सकेन ? यसबारेमा पूजा शर्मा र सुदर्शन थापा दुवैजना कुनै तेस्रो व्यक्ति (अझ भनौँ पत्रकार) सामु प्रस्ट नपारेसम्म फेरि पनि कुनै ‘स्टन्ट’ कै रुपमा रहनेछ।

शर्माले दिएको पैसा कुनै बीमा कम्पनीको खातामा पुगेको छ भने त्यसपछिको किस्ता रकम भुक्तानी गर्न बीमा कम्पनीले उनलाई जानकारी वा सूचना नदिएको हो ? यो विषयमा जीवन बीमक र बीमा अभिकर्ताले चासो राख्नुपर्छ।

नेपालको बीमा इतिहासमा आजसम्म कुनै पनि बीमा कम्पनी बन्द भएको वा भागेको छैन । बीमा कारोबारका लागि इजाजत लिएर सञ्चालनमा आएका सबै बीमा कम्पनी अझै पनि अस्तित्वमै छन् । सबैभन्दा पुरानो बीमक, नेपाल इन्स्योरेन्सको इतिहास ७५ वर्षभन्दा लामो छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS