IME Life New

भत्ताकै लागि नेपाल लाइफका कमलेश अग्रवालले छोरालाई दिन लगाए सञ्चालकबाट राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक जयन्त कुमार अग्रवालले राजिनामा दिएका छन् । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल र उनका छोरा जयन्त कुमार अग्रवाल नियम विपरित दुबै जना जीवन बीमा कम्पनीको सञ्चालक बस्न नपउने भन्दै कुनै एक जनालाई तत्काल राजिनामा दिन निर्देशन दिएको थियो ।

प्राधिकरणले दुई मध्ये एक जनालाई सञ्चालक पदबाट राजिनामा दिन निर्देशन दिए पछि बाबु कमलेशले नेपाल लाइफबाट धेरै भत्ता पाउने भन्दै छोरालाई राजिनामा दिन लगाएका हुन् । हाल सूर्यज्योति लाइफको सञ्चालक समितिको अध्यक्षको बैठक भत्ता १५ हजार र सञ्चालक समितिका सदश्यको १२ हजार रुपैयाँ रहेको छ । त्यस्तै नेपाल लाइफको सञ्चालक समितिको अध्यक्षको बैठक भत्ता २२ हजार र सदश्यको २१ हजार रुपैयाँ रहेको छ ।

Esewa
Crest

कमलेश अग्रवालले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १३८ वटा सञ्चालक समितिको बैठक बसेर २७ लाख १० हजार रुपैयाँ भत्ता बुझेका थिए । उनले नियम विपरित उपसमितिमा बसेर बैठक भत्ता बुझेको पाइए पछि त्यतिवेला नेपाल बीमा प्राधिकरणले कारबाही नै गरेको थियो ।

भत्ताकै लागि बैठक बस्छन् नेपाल लाइफका सञ्चालक, कमलेश अग्रवाल एक्लैले १३८ मिटिङ बापत बुझे २९ लाख

नेपाल लाइफमा कमलेश कुमार अग्रवालको यतिसम्म हस्तक्षेप रहेको छ, सामान्य डायरी पेनदेखि लिएर मसलन्द सामान खरिद प्रकृयाँमा समेत संलग्न हुने गर्छन् । उच्च व्यवस्थापनमा अनावस्यक हस्तक्षेप गर्दै आइरहेका अग्रवाल अध्यक्ष गोविन्द लाल संघाइका विश्वासपात्र पनि हुन् । अग्रवाल नेपाल लाइफका आधारभुत शेयरधनी पनि होइनन् ।

यसरी नेपाल लाइफमा गैरकानुनी रुपमा हालमुहाली गर्दै आइरहेका अग्रवालले आफु सँगै छोरालाई पनि उस्तै किसिमको बीमा कम्पनीमा सञ्चालक बनाएका थिए । जयन्त अग्रवाल सूर्या लाइफ र ज्योति लाइफ मर्जर भएर बनेको सूर्यज्योति लाइफको स्वतन्त्र सञ्चालक बनेका थिए । बाबुका कारण उनले छोटो समयमै सञ्चालक पदबाट राजिनामा दिनु परेको हो । प्राधिकरणले नेपाल लाइफबाट छवी विगारेका कमलेशलाई राजिनामा दिन सुझाएको थियो तर उनले भत्ताको लोभमा नेपाल लाइफ नछाड्ने निर्णय गरेका हुन् ।

कम्पनीले कमलेशलाई सञ्चालक पदमा नियुक्ति गर्दा नियम विपरित थियो । संस्थागत सुशासन अनुसार कुनै पनि बीमा कम्पनीका सञ्चालक दुई कार्यकाल भन्दा बढि बस्न नपाउने व्यवस्था रहेको छ । जवकी अग्रवाल विगत धेरै वर्षदेखि पटक पटक सञ्चालक हुँदै आएका थिए । कहिले स्वतन्त्र सञ्चालक त कहिले सर्वसाधारण त्यतिले मात्रै नपुगेर उनि संस्थापक समुहको तर्फबाट समेत सञ्चालक बने ।

प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनीलाई पहिलाकै नियम अनुसार दुई सञ्चालकलाई पदबाट राजिनामा दिन निर्देशन दिदै गर्दा नेपाल लाइफमा भने धेरै पटक सञ्चालक हुँदै आएका कमलेशलाई कारबाही गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

64%
sad

दु :खी

7%
amazed

अचम्मित

0%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS