IME Life New

बोनसदरको विषय उठेपछि नेपाल लाइफको एजीएममा ढिलाइ, बढाउने सहमतिपछि कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको आव २०७८/७९ र २०७९/८० को २३ औँ र २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

कम्पनीको साधारण सभा तोकिएको समयभन्दा २ घण्टा ढिला गरी सुरु भएको थियो । बोनसदर कम भएको भन्दै अभिकर्ताहरुले आवाज उठाएपछि साधारण सभा सुरु हुन ढिला भएको हो । कम्पनी व्यवस्थापक, सञ्चालक समितिका पदाधिकारी र अभिकर्ताका पदाधिकारीबीच लामो छलफल पछि अरु कम्पनीको भन्दा राम्रो बोनसदर ल्याउने विशेष प्रस्ताव राखेर पास गराउने सहमति भएपछि सभा सुरु भएको उपस्थित पेशागत अभिकर्ता संघ नेपाल लाइफका अध्यक्ष तथा शेयरधनी गणेश अधिकारीले जानकारी दिए ।

Esewa
Crest

सभाले आव २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्तापुँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह ९क० का शेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह ९ख० का शेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको प्रस्ताव सभाले पारित गरेको छ । कम्पनी नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। अध्यक्षको अनुमतिले अन्य कुनै प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।

यसैगरी सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०७८/७९ र आव २०७९/८० को वार्षिक कार्यप्रगति प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८/७९ र आव २०७९।८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणउपर छलफल गरी सभामा स्वीकृत गरेको छ ।

सभाले सञ्चालक समितिको अनुरोधमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त स्वीकृतिअनुरूप आव २०७९/८० का लागि लेखापरीक्षक एसएआर एसोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरेको छ । सभाबाटै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS