IME Life New

बैंक अफ काठमाण्डूद्धारा बागमती प्रदेशको विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बागमती प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सम्पूर्ण महानुभावहरुलाई सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेको हो।
बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरु तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी दिने उद्देश्यले बैंकका विभिन्न शाखा कार्यालयले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले आकर्षक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो । साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै आर्कषक विशेषताहरु सार्वजनिक गरेको छ।

Esewa
Crest

बैंकको बागमती प्रदेश अन्तर्गत जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोगवुं, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साखुं, न्यूरोड, नक्साल, नयाँ बनोश्वर, पुरानो बानेश्वर, चावहिल, महाराजगंज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौंडा तथा प्रगतिपथ लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS