IME Life New

बैंक अफ काठमाण्डूका ग्राहकले कोरियन भाषा ईन्स्टिच्युटमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले कोरियन भाषा ईन्स्टिच्युटमा छुट पाउने भएका छन् । बैंकले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको हो ।

यस छुट सम्झौता पश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारी पत्र अनुरुप रोजगार अनुपति प्रणाली ईपिएस अन्र्तगत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुकहरुले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल ईन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भाषा शुल्क भुक्तानीमा २५ प्रतिशत छुट पाउने छन् ।

Esewa
Crest

नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारी अनुरुप रोजगार अनुमती प्रणाली अन्र्तगत वार्षिक ९ हाजर भन्दा बढि नेपाली नागरिकहरु कोरियन भाषा उत्तिर्ण गरि कामदारका रुपमा गणतन्त्र कोरिया गईरहेका छन् ।

बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS