IME Life New

बेलबारी तमु गुरुङ समाजद्वारा भलिवल बिजेतालाई आइएमई वेष्ट ट्रम बीमा पोलिसी प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोरङ जिल्ला बेलबारी नगरपालिका स्थित तमु ल्लोसारको अबसरमा तमु ह्यूलछोजधि गुरूङ राष्ट्रिय परिषद बेलबारि नगर समितिले विगत बर्ष २०७६ सालबाट राष्ट्रिय खेल भलिबललाई प्राथमिक्ता राख्दै वडा स्थरीय महिला तथा पुरूष भलिबल रनिङसिल्ड सहित खेल खेलाउदै आइरहेको छ । समितिले विभिन्न विधाको खेलकुद र जेष्ठ नागरिक सम्मान र विभिन्न जात जातिको सांस्कृतिक झाकि प्रदर्शन गराउँदै आइरहेकोमा यसपटक भने बेलबारी नगर तमु गुरूङ समाजले फरक कार्यको थालनी गरेको हो ।

यसपटक उक्त समितिले खेलाडीहरुलाई बीमा पोलिसी हस्तान्तरण गरेको छ । २०२५ एमडीआरटी कमल बाहादुर गुरूङ र आइएमई लाइफ इन्स्योरेन्स शाखा कार्यलय प्रमुख यामनाथ दाहालको समन्वयमा बिजेता भलिबल खेलाडीहरुलाई प्रतिव्यक्ति एकलाख बराबरको आइएमइ वेस्ट ट्रम बीमा पोलिसी बीमाङक रकम १३ लाखको पोलिसी हस्तान्तरण गरेको हो ।

Esewa
Crest

उक्त कार्यक्रमको अध्यक्ष बेलबारी गुरूङ समाजको उपअध्यक्ष वीर बाहादुर गुरूङ प्रमुख अतिथि बेलबारि नगर प्रमुख दिल प्रसाद राई बिशिस्ठ अतिथि नगर उप प्रमुख नितु थापा कोइराला बेलबारीमा बसोबास गर्ने जातीय संस्थाका अध्यक्ष नेपाल आदिवासी जनजाति नगर अध्यक्ष र कम्पनीका बिराटचोक शाखा प्रमुख यामनाथ दाहाल साथै एजेन्सी म्यानेजर बिन्दु कला गुरूङ, एजेन्सी म्यानेजर दिल माया गुरूङको उपस्थितिमा पोलिसी हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS