IME Life New

बुटवलमा आइएमई लाइफको क्षमता अभिबृद्धि तालिम सम्पन्न, १७० जना अभिकर्ता लाभान्वित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स बुटवल एरियाद्वारा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । बुटवलको दियालो फुडल्याण्डमा १७० जना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो ।

तालिमका प्रमुख प्रशिक्षक सौरभ लोहनीले सहभागीलाई आत्मनिर्भर हुनलाई अभिकर्ता पेशा अत्यन्तै राम्रो रहेको बताए ।

Esewa
Crest

कार्यक्रमको प्रमुख अतिथि कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले ब्यानर पढेर उद्घाटन गरेको कार्यक्रममा विशिष्ट अतिथी लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख प्रेम तिमिल्सिना रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मानव मस्तिष्कले जे चाहन्छ त्यो पाउन सक्ने अदभुत प्राकृतिक क्षमता भएकोले बीमा अभिकर्ताहरुले लक्ष्य निर्धारण गर्नुपर्नेमा कार्यक्रमको प्रमुख अतिथि गणेश चौलागाईले जोड दिए ।

तालिममको उद्देश्य तथा औचित्य माथि प्रकाश पार्दै जीवन बीमाले मानव जिवनमा आईपर्ने जोखिम बहन गर्ने हुदा लाखौ परिवारको वित्तीय सुरक्षा आईएमई लाईफ कम्पनीले लिएको प्रति सबैले गौरब गर्नुपर्नेमा प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सिनाले जोड दिए ।

स्वागत मन्तव्य गदै तालिममले ब्यवसायिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने गुल्मी एरिया शाखा प्रमुख खुमलाल अर्यालले बताए ।

सकारात्मक सोच, प्रडक्टको आकर्षण, अतिरिक्त सुविधा, ब्यक्तित्व बिकासका नियम र बीमा प्रतिको आम धारणा लगाएतको विषयमा प्रशिक्षक तथा बरिष्ट उत्प्रेरक सौरभ लोहनीले सहजीकरण गरेका थिए ।

सहभागीहरुको तर्फबाट मन्तव्य दिदै छोटो समयमा अन्य जीवन बीमा कम्पनीहरुलाई पछाडि पार्दै अग्रता कायम गरेको प्रति खुसि ब्यक्त गर्दै अभिकर्ता भएर काम गर्न पाउदा आफु सन्तुष्ट भएको एजेन्सी म्यानेजर चिन्तामणी खरेलले बताए ।

शाखा प्रमुखहरुको तर्फबाट मन्तव्य राख्दै तालिम अत्यन्तै महत्वपुर्ण भएकोले मानव जीवन अनिश्चित हुनेहुदा बीमा गर्न ढिलो गर्न नहुने तर्क गुल्मी शाखा प्रमुख बिमल छन्तेलले जोड दिए ।

तालिलममा बुटवल एरियाका १० वटा शाखाहरुबाट १७० जना भन्दा बढी अभिकर्ता तथा बुटवल एरिया, गुल्मी एरियाका शाखा प्रमुखहरु, प्रदेश संयोजकको लगायतको सहभागिता समेत रहेको थियो ।

कार्यक्रमको अध्यक्षता बुटवल क्षेत्रीय प्रवन्धक राजेन्द्र पन्थीको रहेको थियो भने चन्द्रौटा शाखा प्रमुख माया बस्नेतको संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS