IME Life New

बीमा प्राधिकरण कोशी प्रदेशले गर्यो ट्राफिक प्रहरीसँग बीमा सचेतना कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले ५५औं वार्षिकोत्सवको उपलक्ष्यमा दोस्रो कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीसँग बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम स्थानीय बसपार्कमा ट्राफिक प्रहरीको समन्वयमा सडकमा गुडिरहेको सिटी सवारी, ट्रक्टर, म्याजिक भ्यान, मोटरसाइकल इत्यादि सवारी साधनलाइ रोकी सवारी साधनको तथा सवारी धनीको जीबन बीमा भए नभएको जानकारीको साथै बीमा हुदाको फाइदाहरु अबगत गराइएको थियो।

Esewa
Crest

कार्यक्रममा कोशी प्रदेशको प्रमुख कुन्दन सापकोटा, बिभिन्न जीबन बीमा र निर्जीव बीमाका प्रदेश प्रमुख र शाखा प्रमुखको उपस्थिति रहेको थियो।‌ कोशी प्रदेशका प्रमुख कुन्दन सापकोटा अनुसार बीमा सचेतना कार्यक्रम प्रदेश नम्बर ‌१ को बिभिन्न तह हरुमा पनि चाडै आयोजना गर्ने तयारी भइसकेको समेत जानकारी दिए ।

उक्त सचेतना कार्यक्रममा फिल्डमा भेटिएको सवारी चालकहरुलाई सवारी साधनहरुमा बीमा सम्बन्धी जानकारी कम मात्रमा भएको पाइयो । सिटि सवारी साधनहरुलाइ कति क्षमताको सवारी चडाउदा बीमा दावि प्राप्त गर्न सकिन्छ भन्ने कुरा सिटि सवारी चालकहरुले थाहा नपाएको, सवारी साधनको ब्लुबुक नविकरणमा ३ महिनासम्म छुट नेपाल सरकारले दिएको तर बीमा कम्पनीहरुले पनि इन्स्योरेन्सको समय अवधि सकिएकोमा थप समय दिएको भए राम्रो हुने बताए ।

त्यसैगरी, बीमा गर्दा क्षतिपूर्ति प्राप्त भए पनि बीमा रिनिउ गर्न बीमा कम्पनीहरुबाट फलोअप कमै आउने गरेको गुनासो फिल्डमा भेटिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी प्रदेश नम्बर १ को आपसी समन्वय मा कार्यक्रम भब्य सफलताको साथ सम्पन्न भएता पनि यस्तो जनचेतना मुलक कार्यक्रम अझ व्यापक हुनुपर्ने कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट उपस्थित भएका सिनियर अधिकृतहरुले बताए ।

सबारी धनिले आफ्नो सवारीको मात्र नभइ अमुल्य जीवनलाइ अझ मुल्यवान बनाउन आफ्नो जीवनको पनि अनिवार्य जीवन बीमा गराउनु पर्ने नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी जीवन बीमाका अध्यक्ष सन्तोष आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS