IME Life New

बीमा प्राधिकरणको प्रदेश १ कार्यालयले गर्यो जीवन बीमकसँग अन्तरक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । पछिल्लो समय बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरुले बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ प्राधिकरणले देशको विभिन्न ठाउँमा बीमा सम्बन्धीका कार्यक्रमहरुको आयोजना गरेको हो । यसैबीच नेपाल बीमा प्राधिकरण प्रदेश नम्बर ‌१ को प्रादेशिक कार्यालयले आज विराटनगर आसपासका जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुसँग आपसी छलफल तथा अन्तरक्रिया सु-सम्पन्न गरेको हो ।

नेपाल बीमा प्राधिकरणले ७ बटै प्रदेशमा नियमनकारी निकायको स्थापना गर्ने उद्देश्य अनुरुप हालसालै बिराटनगरको मुनालपथमा बीमा प्राधिकरणको यस कार्यलय स्थापना भएको हो ।

Esewa
Crest

यसै कार्यक्रमको बीचमा बीमा प्राधिकरण १ नम्बर प्रदेश प्रमुख कुन्दन सापकोटाले बीमा क्षेत्रको बिकास, बिस्तार र ग्राहक वर्गहरुमा जनचेतना मुलक कार्यहरू अब छिट्टै आयोजना गरिने जनाएका छन् ।

कार्यक्रममा विराटनगर आसपासका जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुको उपस्थित रहेको थियो। त्यस्तै ,कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी प्रदेश नम्बर ‌१ का सदस्यहरूको पनि उपस्थित रहेको थियो।

त्यस्तै, भोलि २६ गते निर्जिव बीमा कम्पनीका‌ बीमक सदस्यहरूसँग प्राधिकरणको कार्यलयमा अन्तरक्रिया आयोजना गर्ने प्रदेश कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS