IME Life New

‘बीमा पेशामा लाग्नुको मज्जा छुट्टै छ, यो हामी सबैको अभिभावक हो’, सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर: माधव साउद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नो जीवन कालमा अधिकांश व्यक्तिहरुले धेरै थरीका पेशा व्यवसायमा हात हाल्छन् । तर, केही व्यक्तिले मात्रै सफलता पाएको हामीले सुन्छौं । त्यस्तै सफताको सूचीमा छुटाउन नमिल्ने नाम हो, ‘माधव साउद’ । उनी सिटिजन लाइफ इन्स्योरेन्सको सिनियर एजेन्सी म्यानेजर हुन् । उनले बीमा क्षेत्रमा प्रवेश गरेको एक वर्षे अवधिमा नै रेकर्ड कायम गर्न सफल भए । एक वर्षको अवधिमै एमडीआरटी बन्न सफल हुनु तथा नेपाल टप एजेन्टको पहिचान स्थापित गर्नु चानचुने कुरा भने होइन ।

साउदले बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध उनी सुदूरपश्चिम महेन्द्रनगरस्थित कञ्चनपूरका बासिन्दा हुन् । ‘वान डे पोलिसी वान डे एमडीआरटी’ को रेकर्ड बनाएका उनले धेरै व्यवसाय भित्र्याएर समेत नेपाल टपको रेकर्ड राखेका छन् । उनी बीमा क्षेत्रमा आवद्ध हुन चाहने कैयौ नयाँ अभिकर्ताहरु लागि पनि प्रेरणाको स्रोत बनेका छन् । उनले मानिसले लामो समय काम गरेपछि ठूलो सफलता प्राप्त गर्दै जान्छन् भन्ने अधिकांशको भ्रमलाई चिरीदिएका छन् ।

Esewa
Crest

यसरी भयो बीमा क्षेत्रकै छनोट
उनले बीमा क्षेत्र छान्नुको मुख्य कारण अन्य पेशा जस्तो आफ्नो लागि मात्रै काम गर्ने लक्ष्य नलिई सेवामूखी भावले समेत अरुलाई लाभ पुर्याउने  उदेश्यले बीमा अभिकर्ता पेशाा छानेको बताउँछन् । उनको त्यो सपना पनि बीमा अभिकर्ता पेशाले पुर्याएको  इन्स्योरेन्स खबरलाई सुनाएका छन् । गत वर्षको भदौंबाट उनी बीमा क्षेत्रमा जोडिएका हुन् । बीमामा लाग्नुको कारण सतुंगल शाखाका ब्रान्च म्यानेजर जय सिंह भाट र राजेन्द्र प्रसाद पन्तले यस क्षेत्रमा रहेको अवसर देखाई दिएकाले नै हो भन्ने उनी सुनाउँछन् ।

आफ्नो जनसम्पर्क (पिआर) राम्रो देखेर पनि अधिकांश साथीहरुले उनलाई बीमा अभिकर्ता बन्न जोडबल गर्दैै आएका थिए । त्यसरी जोडबल गरे पनि उनले आफूले भने अभिकर्ता बन्नको लागि भित्री चाहाना राखेका थिएनन् । आफैले नचाहेको अवस्थामा मानिसलाई अरुको सल्लाहले मात्रै पुग्दो रहेनछ भन्ने उनलाई अहिले पनि लागि रहन्छ । तर, उनी जब बीमा क्षेत्रमा आवद्ध हुन पुगे अहिले उनलाई यस क्षेत्रमा जोडिएकोमा पनि गर्व लाग्ने गरेको बताउँछन् ।

‘बीमा भनेको कसैलाई ठगी गर्ने काम होइन्, यो चोरी गर्ने काम पनि होइन । यो त नागरिकहरुलाई गरिने सेवा नै रहेछ । अहिले साच्चै बीमाको महत्व नै हेर्ने हो भने प्राण घातक रोग लागेको अवस्थामा बीमा निकै भरपर्दो साथी बनेको छ ।’

उनले बीमा पेशामा धेरै मान सम्मान रहेको र यो काम धार्मिक काम रहेछ भन्ने महशुस हुन थालेको बताउँछन् । त्यस्तै, मुख्य कुरा भनेको आफै आर्थिक रुपमा सबल हुन पाइने भएकाले पनि उनलाई बीमा क्षेत्रको पेशा भनेको निकै सम्मानित पेशा लाग्ने गरेको उनले इन्स्योरेन्स खबरलाई बताएका छन् ।

उनी भन्छन्,‘बीमा भनेको कसैलाई ठगी गर्ने काम होइन्, यो चोरी गर्ने काम पनि होइन । यो त नागरिकहरुलाई गरिने सेवा नै रहेछ । अहिले साच्चै बीमाको महत्व नै हेर्ने हो भने प्राण घातक रोग लागेको अवस्थामा बीमा निकै भरपर्दो साथी बनेको छ ।’ कसैको मृगौला त कसैको मेरुदण्डमा पनि समस्या भएको हामीले पाउँछौं । त्यस्तो अवस्थामा पाँच, दश लाख रुपैयाँको मात्रै बीमा गर्दा पनि त्यो बीमाले निकै ठूलो राहात दिने उनी सुनाउँछन् ।

भैपरी आउँने समस्यामा बीमाले काम गर्ने उनले बताएका छन् । बीमा किन्नुस् भनेर अभिकर्ताहरुले बुझाउँदा फोर्स सेलिङ जस्तो लागे पनि समस्या पर्दा बीमा नै ठूलो अभिभावक बन्ने उनले बताएका छन् । अभिकर्ताहरुलाई सम्झिने भनेको बीमितहरुले प्रतिफल लिने बेलामा रहेको उनको अनुभव छ । आफूले बीमाबाटै लाभ पाइसकेपछि अभिकर्ताको रुपमा आफ्ना शुभ चिन्तकहरु बढेको सम्झिदै उनले सुरुमा बीमा गर्न नरुचाएका व्यक्तिहरुले बिस्तारै तपाईले राम्रो काम पो गर्दिनु भएको रहेछ भनेर प्रशंसा गर्ने गरेको स्मरण गरेका छन् ।

केही बीमितहरुले सोचेको भन्दा धेरै लाभ पाएको समेत सुनाएको उनले सुनाएका छन् । त्यस्तो बेलामा उनले आफूले गरेको काम साच्चै पुण्य पाउँने काम गरिएछ  भन्ने लाग्ने गरेको बताए । उनले भने,‘एकातिर सामजिक रुपमा आत्म सम्मान पाइने, आफूलाई पनि मैले आफूलाई मात्र नभई अरुको लागि पनि केही गरे भन्ने जस पाइने अभिकर्ता पेशा देख्दा उनलाई धर्म कमाउन ठूलो मन्दिर धाउनै पर्छ भन्ने लाग्दैन ।’ आफ्नो पेशामा आफू निकै सन्तुष्ट रहेको बताउँछन् । उनले कहिले काही धेरै कुरा पाउँदा पनि मानिसलाई शान्ती, सन्तुष्टि नमिल्ने भए पनि यो अभिकर्ता पेशाले भने शान्ती दिलाउन मद्धत गर्ने उनको भनाई छ ।अवसरहरुले घेर्न थालेको अवस्था अभिकर्ता पेशा
अभिकर्ता पेशामा अहिले धेरै अवसरहरु छन् । एकातिर आर्थिक रुपमा फाईदा हुन्छ भने अर्को यसलाई अरु पेशा जस्तो धेरै समय दिनु पर्दैन । यसमा दिनभरकै समय दिनुपर्छ भन्ने छैन । मात्र जनसम्पर्क धेरै भएको व्यक्तिले, चिनजान धेरै स्थापित गरेका व्यक्तिहरुले भने अभिकर्ता पेशामा छिट्टै सफलता पाउँने मेरो अनुभव छ । पब्लिक रिलेसन राम्रो भएको जो कोही व्यक्ति  हुनुहुन्छ भने उहाँहरुलाई बीमा भन्दा राम्रो पेशा त कमै छ भन्ने मलाई लाग्छ ।

आफूले कमाएको केही अंश राज्यलाई करको माध्यमबाट योगदान गर्ने अवसर पनि यही अभिकर्ता पेशाले दिन्छ । सबैभन्दा ठूलो कुरा भनेको हामीले आफ्नो लाइफमा पनि बीमा गरेर केही हदसम्म सेक्युअर बनाएका हुन्छौ, आर्थिक लाभ कमाएका हुन्छौ र राज्यका लागि पनि अनिवार्य रुपमा योगदान गरेका हुन्छौ । यो त साच्चै अभिकर्ता पेशामा लाग्ने जो कोहीले गर्व गर्न लायक कुरा हो । धार्मिक हिसाब र आर्थिक हिसाबकै काम हुने भएकाले पनि बीमा अभिकर्ताहरुलाई बुझ्दा यो साच्चै गज्जबको पेशा पनि हो ।

बीमितले पनि बीमा बुझ्न थाल्नु भएको छ
बीमाको चेत भन्ने कुरा निकै ठूलो कुरा रहेछ भन्ने उनलाई लाग्छ । अहिले नेपालको कुल जनसंख्याको १८ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा समेटीएको उनले सुनाएका छन् । यो जीवन बीमाको हकमा हो । अहिले पनि बीमाको दायराबाट धेरै जनसंख्या बाहिर हुनुको पछाडी बीमा चेतनालाई नै उनले कारण देखेका छन् । उनको भनाई अनुसार बीमा चेतनाको स्तर जति माथि जान्छ त्यति नै स्वभाविक रुपमा नै बीमामा जन सहभागीता बढ्ने उनको अनुभव छ ।

उनले सुरु सुरुमा बीमाको बारेमा ज्ञान नहुँदा नागरिकहरुले यसमा चासो नदिए पनि आजकाल बीमाको बारेमा जाने बुझेका नागरिकहरुले छानेर बीमा पोलिसी किन्ने गरेको पनि सुनाएका छन् । बीमा गर्दा यसले विदेशमा पलायन हुने क्रम पनि निकै हदसम्म रोक्छ । विदेश जाने नेपाली होस् वा नेपालमा नै बस्ने नागरिकहरु हुन उनीहरु सबैलाई बीमाको आवश्यकता छ । उनले बढ्दो जोखिमका कारण पनि नागरिकहरुलाई बीमाको आवश्यकता दैनिक बढ्दै गएको बताएका छन् ।

अब बीमा अभिकर्ताहरुसँग एकै पटक ठूलो बीमा गर्नु पर्छ भन्ने नरहेको भन्दै उनले सानो बीमाबाट कम्तीमा पनि बीमामा सहभागिता जनाउँन आवश्यक रहेको बताएका छन् । उनी भन्छन्, छिटो दौडेर भन्दा पनि निरन्तर दौडेर कछुवाले खरायोलाई जितेको जस्तै बीमा गराउँने कुरामा पनि आजै ठूलो बीमा लिएर भन्दा पनि बिस्तारै भए पनि यसको बारेमा बुझेमा दीर्घकालिन रुपमा बीमितहरुले लाभ लिन सक्ने बताएका छन् ।

उनले लगातार दौडेर दौड जितेजस्तै अभिकर्ताहरु स्वयम् का  लागि पनि यसवर्ष दुई करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका अभिकर्ताहरुले अर्को वर्ष पाँच करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्ने हिम्मत र अनुभव बढ्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS