IME Life New

निर्जीवन बीमालेख स्वीकृति प्रणालीलाई पनि डिजिटल माध्यममा लैजाँदै प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीका लागि बीमालेखहरू स्वीकृत गर्ने प्रकृयालाई पूर्णत डिजिटल बनाएको नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमालेखका लागि पनि डिजिटल प्रणाली प्रयोगमा ल्याउने तयारी गरेको छ।

प्राधिकरणले स्थापनाको समयदेखि स्वीकृति दिएका बीमालेखहरू कम्प्युटरमा प्रविष्ट गर्ने कार्य पुरा भएपछि निर्जीवन बीमा कम्पनीका लागि पनि अनलाइन सुविधा उपलब्ध हुनेछ । ”पूर्व स्वीकृत निर्जीवन बीमालेखका सम्पूर्ण कागजातहरू ढड्डामा केलाउने काम भइरहेको छ”, प्राधिकरणका एकजना अधिकृतले भने, ”२०२५ सालदेखिका पुराना ढड्डाबाट स्वीकृत बीमालेख खोजेर अपलोड गर्ने काम सकेपछि बाँकी प्रकृया अघि बढाउने छौं ।”

Esewa
Crest

बीमालेख स्वीकृतिको प्रकृयालाई द्रूत र झण्झट रहित बनाउनका लागि प्राधिकरणले डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकतामा राखेको छ । प्राधिकरणले ४ सय वटा स्वीकृत जीवन बीमालेखहरू डिजिटल प्रणालीमा अपलोड गर्ने काम पुरा गरेपछि हालै मात्र जीवन बीमा कम्पनीका लागि अनलाइन माध्यमबाटै बीमालेख स्वीकृतिको सेवा शुरू गरेको हो ।

स्वीकृत जीवन बीमालेखको पहिचानका लागि प्रत्येक बीमालेखमा विशिष्ट पहिचान संकेत दिइएको छ । सम्बन्धित बीमकले प्राधिकरणको पोर्टलमार्फत् बीमालेख स्वीकृतिका लागि आवेदन दर्ता गर्ने, आवेदनको प्रगतीको अवस्था प्राप्त गर्न सक्ने र स्वीकृती अस्वीकृतीको जानकारी समेत पोर्टलमार्फत् नै प्राप्त गर्न सक्नेछन् ।

प्राधिकरणका अनुसार स्वीकृत बीमालेखको विशिष्ट पहिचानका लागि बीमकको नाम, बीमालेखको प्रकृती, बीमालेख नम्बर समेत बुझिने गरी संक्षिप्त नामाकरण गरिएको छ।

डिजिटल प्रणाली प्रयोगमा ल्याउनु अघि प्राधिकरणमा बीमकले बीमालेख स्वीकृतिको निवेदन, बीमालेख सम्बन्धमा सञ्चालक समितिको निर्णय, बीमालेख करारको नमूना,  बीमांकीले तयार पारेको प्राविधिक टिप्पणी(टेक्निकल नोट), बीमालेखको विशेषतासमेतको संक्षिप्त विवरण, बीमालेख प्रस्ताव फारमहरू, पुरक करार समेतको कागजात सहित प्राधिकरणमा निवेदन दर्ता गर्नुपर्ने व्यवस्था थियो । प्रस्तावित बीमालेखमा कुनै संशोधन वा प्राधिकरणको बीमांकीबाट कुनै प्रश्नको जवाफ मागिएको अवस्थामा पुनः पत्र लेखेर प्राधिकरणला जानकारी दिनुपर्थ्यो र त्यसका लागि प्राधिकरणको कार्यालय समयभित्रै सबै विवरण बुझाइ सक्नुपर्ने बाध्यता थियो ।

जीवन बीमकको हकमा डिजिटल प्रणाली प्रयोगमा आइसकेकाले अहिले कागजी प्रकृया निर्जीवन बीमा कम्पनीका लागि मात्र लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS