IME Life New

बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई आइएमई लाइफको आग्रह, नत्र फाइल बन्द गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित ५ जना बीमितलाई रोकिएको बीमा दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन सम्पर्कमा आउन आग्रह गरेको हो। गत पुस मसान्तसम्म दाबीका लागि निवेदन दर्ता गराई आवश्यक कागजात माग गरे पनि उपलब्ध नभएको र सम्पर्कमा नआएका ती बीमितलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवश्यक कागजातसहित कम्पनीको सम्पत्ति शाखा कार्यालयमा सम्पर्क गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन सूचनामा आग्रह गरिएको छ।

Esewa
Crest

यसरी सम्पर्कमा आउन आग्रह गरिएका बीमितमा सुनसरीको गढी–३ का शिवनारायण मण्डल, सिराहाको अर्नामा–५ का रामकुमार यादव, सिराहाको लाहान–१३ की रतनकुमारी यादव, सुर्खेत वीरगन्द्रनगर–९ की सरिता गुरुङ र पाल्पा तानेसन–१ की क्रिस्टिना बस्याल (प्रस्तावक कृष्णप्रसाद बस्याल) छन्।

तोकिएको समयभित्र आवश्यक कागजपत्रसहित सम्पर्कमा नआए ती बीमितको बीमा दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ। दाबीको विवरण कम्पनीको वेबसाइटमा समेत प्रकाशित गरिएको सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS