IME Life New

बीमालेख नवीकरणबापत जीवन बीमकहरुले संकलन गरे ६०.४० अर्ब, एलआईसीलाई पछ्याउँदै हिमालयन लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष ६ महिना पुससम्म जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरणबापत ६० अर्ब ४० करोड रुपैयाँ संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा कम्पनीले पुससम्म बीमालेख नवीकरणबाट ६० अर्ब ४० करोड ३८ लाख रुपैयाँ संकलन गरेका हुन्। यो अवधिमा बीमालेख नवीकरणबापत सबैभन्दा बढी रकम नेपाल लाइफले संकलन गरेको छ। यो कम्पनीले १६ अर्ब ८७ करोड रुपैयाँ संकलन गरेको छ।

Esewa
Crest

यसैगरी लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी)ले यो ६ महिनामा बीमालेख नवीकरणबाट ७ अर्ब ५७ करोड रुपैयाँ उठाएको छ। नवीकरणबाट उच्च रकम संकलन गर्नेमा एलआईसीले दोस्रो स्थानमा रहेको छ।

बीमालेख नवीकरणबाट सर्वाधिक रकम उठाउनेमा हिमालयन लाइफ तेस्रो स्थानमा रहेको छ। यो कम्पनीले ७ अर्ब ४ करोड रुपैयाँ संकलन गरेको छ।

बीमालेख नवीकरणबापत नेसनल लाइफले ६ अर्ब ५७ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ४४ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ३१ करोड रुपैयाँ, एसियन लाइफले २ अर्ब ९४ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब १४ करोड रुपैयाँ र मेट लाइफले २ अर्ब ८ करोड रुपैयाँ संकलन गरेका छन्।

यसैगरी सिटिजन लाइफले १ अर्ब ९४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६३ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ४३ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब २८ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ११ करोड रुपैयाँ नवीकरणबापत रकम संकलन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS