IME Life New

बिर्तामोडमा हिमालयन लाइफको कर्मचारी बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको बिर्तामोडमा कर्मचारीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रादेशिक उपप्रमुखको कार्यालयमा बिहीबार कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले प्रादेशिक उपप्रमुखको रुपमा भोलाकृष्ण ९नवीन० मिश्रलाई स्वागत गरेको छ । मिश्र साबिक यूनियन लाइफका कोशी प्रदेश उपप्रमुख हुन । कार्यक्रममा साबिक गुराँस लाइफका कोशी प्रदेशको क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठलाई बिदाई गरिएको थियो । तीन वटा कम्पनी एकीकृत हुँदा श्रेष्ठले स्वेच्छिक अवकाश लिएका थिए ।

Esewa
Crest

कार्यक्रममा बोल्दै श्रेष्ठले कर्मचारी जीवन अस्थायी हुने भन्दै आफुलाई यस स्थानसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण अभिकर्तालाई धन्यवाद दिँदै हिमालयन लाइफको प्रगतिको कामना गरे । सिनियर एजेन्सी म्यानेजर तथा एमडीआरटी पुष्प खड्का, पवित्रा बिमली प्रसाई र सिनियर एजेन्सी म्यानेजर सपना संग्रौलाले श्रेष्ठको आगामी दिन सुखद र सुखमय बनोस भन्दै शुभेच्छा प्रकट गरे ।

अवकाश प्राप्त श्रेष्ठसहित सहभागीले कार्यालय प्रमुख प्रदेश उपप्रमुख मिश्रलगायत प्रदेश प्रमुख पराजुलीलाई स्वागत गरेका थिए । कार्यक्रम बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS