IME Life New

बिर्तामोडमा अभिकर्ताका लागि आइएमई लाइफको क्षमता अभिवृद्धि कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिर्तामोड । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

कम्पनीले कोशी प्रदेशअन्तर्गतका बिर्तामोड, काँकडभिट्टा, भद्रपुर र सुरुंगा शाखाका अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रम आज बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा भव्य रुपमा सम्पन्न भएको हो ।

Esewa
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेसाको महत्वका साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतिका विषयमा सरल एवं सहज टेक्निकहरु बताउँदै पेसागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए। उनले इमान्दारिताका साथ कार्य गर्दा यो पेसाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टिसहित कार्य गर्न सकिने बताए।

कार्यक्रममा कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं, तालिम शाखा विभाग प्रमुख सुनिलकुमार आचार्य, कोशी प्रदेश प्रमुख मिलन दाहाललगायत शाखा प्रमुख, कर्मचारीका साथै अभिकर्ताको उपस्थिति थियो। कम्पनीले विभिन्न समयमा कर्मचारी र अभिकर्ताहरुको क्षमता वृद्धि गर्ने र हौसला प्रदान गर्ने उद्देश्यले तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS