IME Life New

बिमा समितिको निर्देशनको धज्जी उडाउदै: नेपाल लाइफ इन्स्योरेन्स, बोनसदरको आश्वासन कहिले सम्म..

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा सर्बाधिक बोनसदर भएको बिमा कम्पनी भनेर ठुला-ठुला कुरा गर्ने नेपाल लाइफ इन्स्योरेन्सको ब्यबस्थापन भने फितलो देखिन थालेको छ, अभिकर्ता तालिमको नाममा मनोमानी गर्ने, नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरुको छानबिनको नाममा कम्पनीको सेवाबाट राजिनामा गर्न लगाउने तर कारवाहीको लागि सम्बन्धित निकायमा जानकरी नदिने, कर्मचारी नियुक्तिगर्दा बिज्ञापन नगर्ने, कर्मचारी भर्ना गर्दा सामान्य शैक्षिक योग्यताको समेत ख्याल नगर्ने तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ अनुसार मापदण्ड पुरा नहुने धरै कर्तुतहरु गर्दै आएको जानकारी बिशेष श्रोतले दिएको छ ।

एक अर्को जानकारी अनुसार नेपाल लाइफ इन्स्योरेन्सले शाखा तथा उप-शाखा संचालनको क्रममा पनि बिमा समितिको सामान्य निर्देशनलाई समेत बेवास्ता गर्ने गरेको जानकारीमा आएको छ । बिमा समितिको निर्देशन अनुसार बिमा कम्पनीहरुले शाखा/उप-शाखा संचालन गर्दा राख्नु पर्ने न्यूनतम कर्मचारी संख्या समेत नराखी एक जना कर्मचारी मात्र राखी ब्यबसाय संचालनको ताम-झाम गर्ने तर बिमित तथा सेवाग्राहीलाई स्तरीय सेवा नदिने गरेको, खर्च कटौती गर्ने नाममा सेवाग्राहीलाई अनाबश्यक दु:ख दिने गरेको छ, इन्स्योरेन्सकै एक अधिकृत स्तरका कर्मचारीका अनुसार खर्च कटौती गर्ने नाममा आवश्यक संख्यामा कर्मचारी नभएको कारण  बिमितले समयमै सेवा नपाउने, सानो तिनो जानकारी/समस्याको समाधानको लागि महिनौ कुर्नु पर्ने, शैक्षिक योग्यताकम भएका कर्मचारीका कारण बिमा सम्बन्धि गलत सूचना प्रबह हुने र सेवाग्राहीले धरै दुख पाउने गरेका छन, तर कम्पनीका अभिकर्ताले भने बिभिन्न शीर्षकमा मोटो-मोटो रकम बुझेर रझाई गर्ने गरेको अवस्था छ।

Esewa
Crest

बिशेष श्रोतका अनुसार हाल संचालनमा रहेका अधिकांश उप-शाखा एक जना कर्मचारीको भरमा संचालित छन्, कर्मचारी बिदामा बस्दा, मार्केटिंगको लागि कार्यालय बाहिर जादा कम्पनीकै अभिकर्ताले कार्यालय संचालन गर्ने गरेका छन्, जुन बिमकको संस्थागत सुशासन भन्दा बाहिरको कुरा हो । नेपाल लाइफ इन्स्योरेन्सकै उप-शाखा प्रमुखको रुपमा काम गर्ने एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने ‘ नेपाल लाइफ इन्स्योरेन्समा मैले उप-शाखा प्रमुखको रुपमा काम गर्न थालेको ५ वर्ष भयो, मैले बजार ब्यबस्थापनको काम गर्छु मेरो कार्यालय संचालन गर्ने काम सबै अभिकर्ता साथीहरुले गर्नु हुन्छ, कम्पनीले दैनिक टार्गेट दिन्छ, टार्गेट पुरा गर्न मिहिनत गर्नुपर्ने हुन्छ अब एक्लैले कार्यालय कुर्ने कि व्यापार गर्ने?’

एक सेवा ग्राहीका अनुसार अभिकर्ताले कार्यालय संचालन गर्ने उप-शाखाहरुमा सेवाग्राहीलाई ठुलो बिभेद हुने गरेको छ उनका अनुसार ‘आफु र आफ्नो संजालबाट बिमा पोलीसि बेचेका ग्राहकलाई उनिहरुले छिटो छरितो सेवा दिन्छन् भने अन्य अभिकर्ता र फरक संजालका बिमितलाई दु:ख दिने गरेका छन्।’ नेपालमा जीबन बीमा गर्नेहरु १० प्रतिशत मात्रै रहेको आजको समयमा सेवाग्राहीलाई बिश्वाशनिय सेवा सुबिधा दिदै, अर्थतन्त्रमा टेवा दिनुपर्नेमा आफ्नै कर्मचारीलाई अनाबश्यक दु:ख दिदै सेवाग्राहीलाई बलमिचाई गर्नु नेपाली बिमा क्षेत्रको हितमा देखिदैन ।

(बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ जारी भएसगै बिमा क्षेत्र थप ब्यबस्थित र अनुशासित हुने बिश्वाश गरिएको छ । इन्स्योरेन्स खबरको उदेश्य पनि नेपालको बिमा क्षेत्र थप ब्यबस्थित र अनुशासित बनोस भन्ने नै हो तसर्थ हामीले यो समाचार संस्थागत/क्षेत्रगत सुशासनको दृष्टिकोणले महत्वपूर्ण हुने हुदा प्रकाशित गरेका हौ, सम्बन्धित समाचारको खोजको प्रक्रिया नियमित रहने छ)।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS