IME Life New

बार्षिकोत्सवको अवसरमा एनआइसी एशिया बैंकले ल्यायो क्यास ब्याक योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाडैं । एनआइसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । गौरवमय २४ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको छ । जस अन्तर्गत यस बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी पोस तथा ई कमर्श भुक्तानी गर्दा तथा एनआईसी एशिया मो बैंक मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० सम्म क्यासब्याक योजना संचालनमा ल्याएको जनाएको छ । वार्षिकउत्सवको अवसरमा श्रावण ७ गते कार्ड वा एनआईसी एशिया मो बैंकबाट कारोबार गर्ने पहिलो एक हजार ग्राहकले यो सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत ९८९ अर्ब ४१ करोड तथा निक्षेपतर्फ ४२ प्रतिशत ९८८ अर्ब ९६ करोड० वृद्धि गरेको जनाएको छ ।  आर्थिक वर्ष २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको छ ।

Esewa
Crest

२४ वर्षसम्म आइपुग्दा बैंकले ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत बैंकिङ्ग सेवा सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत सेवा प्रवाह गरिरहेको जनाएको छ ।

साथै २४ वर्षको अवधिमा आफ्नो शेयरधनीलाई लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न गर्न सफल भएको बैंकको भनाई छ । सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक शेयरको मूल्य हाल १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो ।

त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्न गर्न सफल भएको छ ।

बैकले अन्य बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थीति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पुर्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS