IME Life New

बाणिज्य बैंकहरुको सिडी रेसियो ८६.४१ प्रतिशत, सबैको ९० प्रतिशत भन्दा तल कसको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्तरणका बाणिज्य बैंकहरु नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सिडी रेसियो ९० प्रतिशत भन्दा तल झार्न सफल भएका छन् । बाणिज्य बैंकहरुको औषत सिडी रेसियो ८६.४१ प्रतिशत रहेको छ । बैंकहरुले जेठ असारमा कर्जा विस्तार ठप्प पारेर राष्ट्र बैंकको निर्देशन अनुरुप सिडी रेसियो झार्न सफल भएका हुन् । जवकी गत बैशाख जेठमा सिडी रेसियो ९२ प्रतिशत भन्दा माथिसम्म पुगेको थियो ।

गत आर्थिक वर्षमा बाणिज्य बैंकहरुले एक खर्ब ८ अर्ब रुपैयाँले निक्षेप संकलन बढाउदा कर्जा विस्तार भने जम्मा ३४ अर्ब ७८ करोड रुपैयाँले मात्रै विस्तार गरेका छन् । गत असार मसान्तसम्ममा बाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ संकलन गरेका छन् भने कर्जा विस्तार ४१ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत सिसिडी रेसियो खारेज गरी सिडी रेसियो कायम गरेको थियो । यसरी कायम गरिएको सिडी रेसियो पनि आर्थिक वर्षको असारमसान्तसम्मा ९० प्रतिशत भन्दा तल रहनु पर्ने व्यवस्था गरिदिएको थियो ।

बैंकहरुले सिडी रेसियो नघटाउने संकेत पाए पछि गभर्नर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा सिडी रेसियो ९० प्रतिशत भन्दा तल नझार्ने बैंकहरुलाई नेपाल राष्ट्र बैंकले दिने सम्पुर्ण सुविधाबाट बञ्चित गर्ने निर्देशन दिएका थिए । राष्ट्र बैंकको निर्देशन लगत्तै बैंकहरुले थप कर्जा विस्तारलाई ठप्प पारेर निक्षेप खोज्न थालेका थिए ।

गत वर्षमा सबैभन्दा धेरै सिडी रेसियो ८९.७९ प्रतिशत रहेको छ । त्यस्तै सबैभन्दा कम सिडी रेसियो प्रभु बैंकको ७८.३५ प्रतिशत रहेको छ । मर्जरका कारण नविल बैंकको निक्षेप संकलन तीन खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी तीन खर्ब ९ अर्ब रुपैयाँ रहेको छ । सर्वाधिक कम निक्षेप सिभिल बैंकको ९६ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक कम कर्जा विस्तार पनि सिभिलकै ८७ अर्ब रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS