IME Life New

प्रिमियममा जीवन बीमा कम्पनीको आईपीओ हाल्नेलाई कति फाइदा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियममा आईपीओ निष्काशन गरेका जीवन बीमा कम्पनीहरुको प्राथमिक शेयर (आईपीओ) मा लगानी गर्ने लगानीकर्तालाई राम्रै प्रतिफल भएको छ । ४ जीवन बीमा कम्पनी आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र सिटिजन लाइफले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरे तापनि सिटिजन लाइफको आईपीओ धितोपत्र दोश्रो बजार नेप्सेमा सूचीकृत हुन बाँकी छ ।

आईएमई लाइफले एक सय रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्काशन गरेकोमा कम्पनीको पछिल्लो बजार मूल्य ५४३ रुपैयाँ २० पैसा छ । कम्पनीको आईपीओको मूल्य भन्दा बजार मूल्य १२९ दशमलव २९ प्रतिशत धेरै छ ।

Esewa
Crest

त्यस्तै, रिलायबल नेपाल लाइफले एक सय रुपैयाँ अंकित मूल्यमा १५७  रुपैयाँ  प्रिमियम थप गरी प्रति कित्ता २५७ रुपैयाँमा आईपीओ निष्काशन गरेकोमा कम्पनीको पछिल्लो बजार मूल्य ४८४ रुपैयाँ २० पैसा छ । कम्पनीको आईपीओको मूल्य भन्दा बजार मूल्य ८८ दशमलव ४० प्रतिशत धेरै छ ।

सन नेपाल लाइफले एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ  प्रिमियम थप गरी प्रति कित्ता २३९ रुपैयाँमा  आईपीओ निष्काशन गरेकोमा कम्पनीको पछिल्लो बजार मूल्य ४७० रुपैयाँ  छ । कम्पनीको आईपीओको मूल्य भन्दा बजार मूल्य ९६ दशमलव ६५ प्रतिशत धेरै छ ।

सिटिजन लाइफको आइपीओ भने धितोपत्र दोश्रो बजारमा सूचीकृत हुन बाँकी छ ।  एक सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ  प्रिमियम थप गरी प्रति कित्ता २४४ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

7%
sad

दु :खी

27%
amazed

अचम्मित

4%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS