IME Life New

प्राइम लाइफ इन्स्योरेन्सले गर्यो गुल्मीमा दाबी भुक्तानी, आर्थिक सुरक्षामा सचेत बन्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः गुल्मी जिल्ला मालिका गाँउपालिका-६ , निवासी टंक प्रसाद अर्यालका छोरा विगत ११ महिना पहिले वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरीया जाँदा प्राइम लाइफ इन्स्योरेन्सबाट रु ४,६०० ।– जम्मा गरी वैदेशिक रोजगार म्यादी जीवन बीमा गएका लिलाधर अर्याल अचानक विरामी परि विदेशमै उपचार कै क्रममा मृत्यु भए पश्चात हकवाला निजका पिता श्री टंक प्रसाद अर्याललाई एक कार्यक्रमका बीच पाल्पा शाखाका शाखा प्रमुख पिताम्बर पाण्डेय तथा गुल्मी शाखाका शाखा प्रमुख खिमलाल घिमिरेले रु १३ लाखको चेक हस्तानान्तरण गरेका गरेका हुन् ।

त्यस्तै सोही कार्यक्रमका बीच हाल रेसुङगा नगरपालिका—१४, पराल्मी स्थित स्व.ज्योतिकला रजालीका श्रीमान खिम बहादुर रजालीलाई रु.१ लाख २० हजार बराबरको चेक हस्तानान्तरण गरिएको थियो । स्व.ज्योतिकला रजालीको ५ वर्ष पहिले रु. १ लाख विमाङक को १५ वर्षे प्राइम लाइफ नारी जीवन बीमा योजनाबाट बीमा जारी गरिएको थियो ।

कार्यक्रममा बोल्दै पाल्पा शाखाका प्रमुख पिताम्बर पाण्डेयले ‘बीमा यस्तो सेवा गर्ने संस्था हो जो कसैको दु:खको घडिमा एउटा भौतिक क्षति गुमाएको पिडामा आर्थिक पक्षबाट सहयोग गरी केही हदसम्म दुखेको घाउमा मलम पट्टी लागाउनेकाम गर्दछ त्यसैले अबको दुनियामा कोही पनि बीमाको पौच बाट अलग नहुन समेत जोड दिएका थिए।’

Esewa
Crest

त्यस्तै कार्यक्रममा बोल्दै गुल्मी शाखाका प्रमुख खिमलाल घिमिरेले जीवन बीमा भनेको मानव शरीरको एउटा महत्वपूर्ण अंग जस्तै भएकोले हामी एउटा हात, खुट्टा, आँखा तथा अन्य कुनै पनि अंग नहुदा हामी अपाङग भए जस्तै अवको बढ्दो शहरीकरण, आद्योगिककरण ,बढ्दो सवारी साधनको प्रयोग संगै हाम्रो जीवन हरेक क्षणमा जोखिममा हुने हुदाँ यो जोखिमबाट हुने क्षतिको विरुद्घमा बीमाले काम गर्ने हुँदा पनि बीमा अपरिहार्य समेत रहेको कुरा उल्लेख गर्दै आफुमाथी निर्भर हुने परिवारका सदस्यहरुलाई ढुक्क संग बाच्नको लागि पनि बीमा आवश्यक देखिएकोले प्रत्येक व्याक्तिको एक कप चिया खाने पैसा बचत गर्दा बीमा हुने हुदाँ अनावश्यक खर्च कटौती गरी बीमा गर्नको लागि कार्यक्रमा उपस्थितिहरुलाई सजक समेत गराएका थिए ।

त्यस्तै गुल्मी शाखाबाट चालु आर्थिक वर्षमा विभिन्न कारणबाट मृत्यु भएका पिडित मृतक परिवारका सदस्यलाई एकमुष्ट रु.२५ लाख २० हजार मृत्यु दावी रकम हस्तानान्तरण गरेको कार्यालय सहायक केशव आर्चायले वताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS