IME Life New

प्रभु लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत व्याज छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शत  प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने जनाएको छ ।

कम्पनीले व्यतित भएका बीमालेखहरु २०७९ फाल्गुन २१   गतेदेखि २०८०  बैशाख ३१ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा शत प्रतिशत छुट गर्ने जनाएको छ ।

Esewa
Crest

दुई वर्षभन्दा बढी समय व्यतित भएका बीमालेखहरुको हकमा  मात्र यो सुविधा लागु हुने छ  । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।

जसका लागि कम्पनीको कर्पोरेट तथा प्रदेशस्थित शाखा कार्यालय, तथा उपशाखा कार्यालयहरुबाट व्यतित भएका बीमालेखहरु नबिकरण गर्न सकिने कम्पनीले जनाएको छ   ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS