IME Life New

प्रभु र महालक्ष्मी लाइफले सार्वजनिक गरे संयुक्त क्यालेन्डर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुबै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैत्र भित्र ५०० करोड चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिएसँगै प्रभु र महालक्ष्मी लाइफले एक आपसमा मर्जरको लागि सहमति गरेका छन् । २०७९ असार ३० गते मर्जरका लागि सम्झौता गरेका दुबै कम्पनीको भारतिय बीमांङ्कीबाट मुल्याङ्कन प्रतिवेदन आउन ढिलो भए पछि एकिकृत कारोबार केही ढिलो हुन गएको बताएका छन् ।

Esewa
Crest

मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा पुगेको यी दुबै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रुपमा निकाकाली एकिकृत कारोबारमा केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास दिलाउन चाहेको बताएका छन् ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश लाल कर्ण, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%
happy

खुसी

0%
sad

दु :खी

7%
amazed

अचम्मित

29%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS