IME Life New

प्रभु महालक्ष्मी लाइफले चयन गर्यो ६ सञ्चालक, अध्यक्षमा प्रभुको तर्फबाट मनोनित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकिकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार संचालक समिति गठन गरेको छ । ७ सदस्यिय संचालक समितिमा प्रभु लाइफको संस्थापक  समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन् । सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् ।

२०७९ आषाढ ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यिय संचालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र संचालकको मनोनयन एकिकृत कारोबार पछिको संचालक समितिले नियुक्त गर्ने सहमति भएको छ।

Esewa
Crest

संचालक समितिको अध्यक्षको हकमा एकिकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनित संचालक अध्यक्ष बन्ने लिखित सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS