IME Life New

प्रभु महालक्ष्मी लाइफले घर जग्गा खरिद गर्दै, शिलबन्दी बोलपत्र आब्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्योरेन्स कम्पनीले घर जग्गा खरिद गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै काठमाडौं रिङ्गरोड भित्र न्यूनतम १.५ रोपनी क्षेत्रफल भएको जग्गा आवश्यक भको जनाको छ । कम्पनीले न्यूनतम ८ मिटरको मोटर बाटो कायम भएको जग्गा आवश्यक भएको समेत जनाएको छ । उक्त स्थानको घर जग्गा बिक्री गर्न इच्छुक घर जग्गाधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र विभिन्न शर्तहरुको अधिनमा रही शिलवन्दी बोलपत्र कम्पनीको प्रधान कार्यालय, कमलादी, काठमाडौँमा पेश गर्नुपर्ने जनाएको छ ।

यस्ता छन् कम्पनीले राखेका शर्तहरुः
१.बिक्री गरिने जग्गाको प्रति रोपनी मूल्य स्पष्ट खुल्ने गरी अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ, सो सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा अक्षरमा लेखिएको मूल्यलाई कायम गरिनेछ ।

Esewa
Crest

२. बिक्री गरिने जग्गाको कित्ता नं। स्पष्ट देखिने ब्लुप्रिन्ट नक्सा अनिवार्य रुपमा समावेश भएको हुनुपर्नेछ ।

३.बिक्री गरिने जग्गाको स्थान खुल्ने नक्सा र सो नक्सामा जग्गाको सिमाना चिन्ह भएको सम्बन्धित निकायबाट चारकिल्ला प्रमाणित भएको कागजात पेश गर्नुपर्नेछ ।

४.उक्त जग्गामा घर निर्माण भएको भए घरको नक्सा तथा घर निर्माण सम्पन्न प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

५ प्रस्तावित जग्गाको प्रमाणितरुपमा जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि संलग्न हुनुपर्नेछ ।

६. संस्थागत जग्गाको हकमा जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र अख्तियारी प्राप्त व्यक्तिको पहिचान तथा अख्तियारीनामा कागजात समेत पेश गर्नु पर्नेछ ।

७ प्रस्ताव पेश गर्दा खाममा “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लागि जग्गा बिक्री प्रस्ताव” उल्लेख गरी शिलबन्दी खाम म्याद भित्र दर्ता गराउनु पर्नेछ ।

८.उल्लेखित जग्गाको सम्बन्धमा कुनै प्रकारको विवाद, मुद्दा मामिला नरहेको हुनुपर्नेछ र सो को स्वः घोषणा पेश गर्नुपर्नेछ । ९। उल्लेखित जग्गाका कुनै पनि प्रकारले बैंक तथा वित्तीय संस्था वा अन्य निकायमा धितो जमानतको रुपमा रही रोक्का रहेको भए सो को सम्पूर्ण विवरण समेत पेश गर्नुपर्नेछ ।

१०.उल्लेखित जग्गाको सम्बन्धित निकायलाई बुझाउनु पर्ने सम्पूर्ण करहरु बुझाई अध्यावधिक हाल साविक भएको हुनु पर्नेछ ।

११. कम्पनीमा पेश हुन आएका प्रस्तावित जग्गा खरिदको प्रक्रिया अगाडि बढाउनेर नबढाउने खरिद गर्नेरनगर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS