IME Life New

प्रभु महालक्ष्मी लाइफको करिब २२ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २२ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २१ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो।

हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

Esewa
Crest

लगानीकर्ताले न्यूनतम २ लाख कित्ता वा सोभन्दा बढी कित्ता खरिदका लागि निवेदन दिनुपर्नेछ। न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकिएको छ। यसको मतलब न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी निवेदन पेस गर्नुपर्नेछ।

इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS