IME Life New

प्रभु महालक्ष्मी लाइफको नाममा धितोपत्र पुनः दर्ता, कहिलेबाट होला शेयर कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा धितोपत्र पुनः दर्ता गरेको छ। सेबोनले आज नियामक निकायहरुलाई पत्र जारी गर्दै साबिकको प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभिएपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा धितोपत्र पुनः दर्ता गरिएको जानकारी गराएको हो। सेबोनले प्रभु महालक्ष्मी लाइफको नाममा ४ करोड २९ लाख ६० हजार कित्ता शेयर पुनः दर्ता गरेको छ।

अब नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु महालक्ष्मी लाइफको नाममा शेयर कारोबार फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउनेछ। ‘कम्पनीले सेबोनले जारी गरेको सिफारिससहितको निवेदन दिएपछि नेप्सेले प्रभु महालक्ष्मी लाइफको शेयर कारोबार फुकुवा गर्नेछ’, नेप्सेका एक अधिकारीले भने।

Esewa
Crest

साबिकको प्रभु र महालक्ष्मी लाइफ १ः१ अनुपातमा मर्जर भएका हुन्। मर्जर प्रक्रिया पूरा गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको छ। एकीकृत कारोबार सुरु भएकै दिनदेखि नेप्सेले प्रभु लाइफको शेयर कारोबार रोक्का गरेको थियो। महालक्ष्मी लाइफ भने नेप्सेमा सूचीकृत थिएन।

सम्भवतः यो साताभित्रै लिस्टिङको प्रक्रिया पूरा भएमा प्रभु महालक्ष्मी लाइफको शेयर धितोपत्र दोस्रो बजारमा आउन सक्ने नेप्सेका ती अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS