IME Life New

प्राधिकरणमा दर्ता भएकामध्ये एक तिहाइ मुद्दा मिलापत्र र सहमतिबाटै टुंगो

SPIL
काल्पनिक तस्वीर
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ४ महिना कात्तिक मसान्तसम्ममा समाधान भएकामध्ये एक तिहाइ मुद्दा मिलापत्र र सहमतिबाटै टुंगो लगाएको छ।

प्राधिकरणका अनुसार समीक्षा अवधिसम्म कुल ३९ वटा मुद्दाको विवाद टुंगो लगाइएकोमा १३ वटा मुद्दा विवादका दुवै पक्षको सहमतिमा टुंगो लगाइएको हो। गत आर्थिक वर्ष २०८१।८२ मा पनि प्राधिकरणले १३१ वटामध्ये ४६ वटा मुद्दा सहमतिबाटै टुंग्याएको थियो। मध्यस्तता वा सहमतिबाट विवादको टुंगो लगाउँदा दुबै पक्षले समान न्याय पाएको अनुभूति गर्छन्। यसले विवाद पुनः बल्झिएर माथिल्लो न्यायिक निकायमा लैजाने अवस्था हुँदैन।

Esewa
Crest

चालु आर्थिक वर्षको कात्तिकसम्ममा प्राधिकरणको केन्द्रीय कार्यालयमा ३३ र प्रदेश कार्यालयमा १४ समेत जम्मा ४७ वटा उजुरी दर्ता भएका छन्। गुनासो सुनुवाइमा सहजीकरणका लागि प्राधिकरणले प्रादेशिक कार्यालयमा पनि गुनासो र उजुरी दर्ताको सेवा दिएको छ।

स्रोत: नेपाल बीमा प्राधिकरण।प्राधिकरणमा गत वर्षको बाँकी ३९४ वटा निवेदनसहित गत कात्तिक मसान्तसम्मा कुल ४४१ वटा उजुरी प्राप्त भएको थियो। जसमध्ये २६ वटा उजुरी मुद्दा फैसला र १३ वटा उजुरी सहमतिबाट गरी कुल ३९ वटा उजुरी फर्छ्यौट भएका छन्।

प्राधिकरणमा अझै ४०२ वटा उजुरी विचाराधीन अवस्थामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS