IME Life New

पास्नीमा खड्का दम्पतिले दिए छोरीलाई २० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समयमा जन्मदिन, पास्नी, बिवाह जस्ता अन्य धेरै शुभ अवसरमा आफ्ना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ। आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा धेरै विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने कार्य वृद्धि भईरहेको छ ।

त्यस्तै अभिप्रायकका साथ धर्मदेवि नगरपालिका ८ संखुवासभाका एक दम्पतिले छोरीको अन्न प्रासन्नको शुभ अवसर पारेर असोज २८ गते २० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका छन् । दम्पति निश्चल किरण खड्का र चादँनी खड्काले आफ्नी छोरीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नौलो केटाकेटी जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।

Esewa
Crest

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी धनकुटा शाखाका शाखा प्रमुख निमेन्द्र लिम्बुले खड्का दम्पतीले लिएको उक्त बीमा पोलिसीले जोखिम बहनका साथै भविष्य टेवा पुग्ने बताउँदै छोरीको उज्ववल भविष्यको कामना गरे । साथै, उनलाई भविष्यमा उच्च शिक्षाका लागि बीमाबाट आउने रकमले सहयोग गर्ने समेत बताए ।

छोरीको उच्चशिक्षा तथा अन्य कुनै काम गर्दा आवश्यक पर्दा ठुलो रकम चाहिने भएमा पनि आफुले बीमालेख समाप्तिमा यस रकम प्राप्त गरि सो कार्यको लागि कोशे ढुङ्गा साबित हुँदाआफ्नो बच्चाको उज्ज्वल भविष्य चाहने सम्पुर्णले आफ्नो बच्चाको जीबन बीमा गर्न अपरिहार्य रहेको खड्का दम्पतिले बताएका छन् ।

उक्त पोलिसी फाइल नेपाल कम्पनीका धनकुटामा आवद्द एजेन्सि म्यानेजर वेशराज खत्रीले खड्काको दम्पतिलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%
happy

खुसी

0%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS