IME Life New

पाकिस्तानी उर्जा परियोजनाको बीमा जोखिम बहनबाट चिनियाँ बीमकले हात झिक्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेइजिङ चीने स् चिनियाँ सरकारी बीमा कम्पनी सिनोसुरले पाकिस्तानमा संचालित ५ अर्ब अमेरिकी डलर) करिब ६ खर्ब नेपाली रुपैयाँ( का छ वटा ठूला ऊर्जा परियोजनाहरूको बीमा जोखिम बहनबाट हात झिकेको छ। यी परियोजनाहरू चीन(पाकिस्तान आर्थिक करिडोर (CPEC) को एक‌ महत्वपूर्ण हिस्सा हुन्।

कम्पनीले कराचीदेखि पेशावरसम्मको १,७३३ किलोमिटर लामो रेलवे लाइन मेनलाइन(१ लाई करिब ८ अर्ब अमेरिकी डलरको बीमा जोखिम बहन पनि गरेको पाकिस्तानी अखबार डन न्यूजले उल्लेख गरेको छ।

Esewa
Crest

कोरोना महामारीको कारण आर्थिक गतिविधि सुस्ताएसँगै चरम आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान सरकारको लागि बीमा जोखिमबाट चिनियाँ बिमकले हात झिकेपछि ठूलो संकट परेको छ। बीमा जोखिम सुरक्षा पूनर्बहाली गराउनको लागि पाकिस्तानी प्रधानमन्त्री इमरान खान स्वयंले चिनियाँ सरकार समक्ष सहयोग मागेका छन्।

सुस्त गतिमा निर्माण कार्य अघि बढेको भन्दै असन्तुष्टि जनाएको एक महिना पछि चिनियाँ बिमकले जोखिम बहन गर्न अस्वीकार गरेको हो।पाकिस्तानी राष्ट्रिय विद्युत उर्जा नियमन प्राधिकरण र राष्ट्रिय प्रशारण तथा वितरण कम्पनीले कार्यान्वयन गर्नुपर्ने मुद्दालगायका कारणले उर्जा परियोजना ढिलो भएको पाकिस्तानी संचार माध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS