IME Life New

नैतिकहीन रमेश भट्टराई राजीनामापछि पनि कार्यालय धाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओ पदबाट राजीनामा दिइसकेको अवस्थामा रमेशकुमार भट्टराई अझै कार्यालयमा धाइरहेका छन्।

भट्टराईले हिजो सीईओ पदबाट राजीनामा दिएका थिए। राजीनामा दिइसकेको अवस्थामा पनि आज कार्यालयमा उपस्थित हुनुले भट्टराईले आफ्नै नैतिकता गुमाइसकेको छर्लंग हुने कार्यालयका कर्मचारीहरु बताउँछन्। ‘उनी कार्यालयमा किन आए, कुन हैसियतले आए ?’, एक कर्मचारीले भने, ‘यस्ता हर्कतले भट्टराईको छवि अझै गिर्ने देखिन्छ।’

Esewa
Crest

भट्टराईको नियुक्ति बीमा ऐन २०७९ को प्रावधानविपरीत भएकाले अवैध भएको भन्दै इन्स्योरेन्स खबरले सप्रमाण समाचार प्रकाशन गरेपछि भट्टराई राजीनामा दिन बाध्य भएका थिए । बीमा नियामक नेपाल बीमा प्राधिकरणले असार १९ गते भट्टराईको नियुक्तिका लागि दिएको स्वीकृति नै अवैध भएको तथ्य प्रकाशमा आएपछि भट्टराईलाई राजीनामा गरेर बाहिरिन प्राधिकरणबाट नै सुझाव दिइएको स्रोतको दाबी छ।

भट्टराई बाहिरिएसँगै कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाइँले पाएका छन्। सञ्चालक समितिले बुधबार नै प्रसाइँलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%
happy

खुसी

6%
sad

दु :खी

6%
amazed

अचम्मित

0%
excited

उत्साहित

82%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS