IME Life New

नेसनल लाइफको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार (असार ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ। सभाले नगद लाभांश र बोनस शेयरबापतको कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८.३९ रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१)ग बमोजिम आव २०७९।८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

आव २०७९।८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गर्नेछ। आव २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन २४ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब साउन २३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS