IME Life New

नेशनल लाईफ इन्स्योरेन्सले ३ दिने राष्ट्रिय भेला सम्पन्न, चितवनका ६ जना विपन्न विधाथीहरुलाई छात्रवृति रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत बरिष्ठ अभिकर्ताहरुको लागि भाद्र २९ देखी ३१ सम्म ३ दिने राष्ट्रिय भेला चितवनको सौराहमा सम्पन्न गरेको थियो ।
कम्पनीको चेयरपर्सन क्लब कार्यक्रम अन्तर्गत कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको सो भेलामा नेपाल भरीबाट करिब २५० जनाको सहभागिता रहेको थियो । उक्त भेलामा उपस्थित सबै सहभागिहरुलाई कम्पनीका अध्यक्षले प्रमाण पत्र वितरण गरी सम्मान गर्नु हुँदै आ.व २०७४/७५ मा उत्कृष्ट व्यवसाय गर्नुहुने नेपालगंज शाखामा कार्यरत विजय कुमार पाठक, शंकर लामिछाने, गंगा कुमारी शर्मा, तुल्सी थापा, तिनकुने शाखामा कार्यरत अर्जुन घिमिरे तथा पाल्पा शाखामा कार्यरत संगिता भट्टराईलाई नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।


कम्पनीको सामाजिक उत्तरदायित्व बहन अन्तर्गत असहाय तथा विपन्न परिवारका बालिकाहरुको शिक्षामा सहज पहुँच पु¥याउने उदेश्यले बालिका शिक्षा योजना कार्यक्रम लागू गरिएको र सो अनुसार दैलेख, बुटवल, हेटौंडा, राजविराज, बाग्लुङ र चितवनका ६ जना विपन्न बर्गका बालिकाहरुलाई कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहद्धारा छात्रावृत्ति रकम हस्तान्रण गर्नु भएको थियो । कार्यक्रममा भारतबाट आउनु भएका बरिष्ठ प्रशिक्षक दिपक जोशीले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको सामाजिक उत्तरदायित्व बहन अन्तर्गत शुरु गरिएको “बालिका शिक्षा योजना” कार्यक्रम नेपालभर नै संचालन गरिने बारेमा पनि जानकारी गराएकी थिइन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS