IME Life New

नेशनल लाइफ बीमक समिति प्रदेश अध्यक्षमा चन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुर पश्चिम प्रदेश बीमक समितिको अध्यक्षमा कम्पनीका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द सर्वसम्मत चुनिएका छन। कात्तिक १२ गते सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको अभिकर्ता भेलाबाट उनलाई सर्वसम्मति बाट चयन गरिएको हो ।

बीमक समिति नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका केन्द्रीय उपाध्यक्ष जयराज जैशिको सभापतित्वमा भएको अभिकर्ता भेलामा पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रीय उपाध्यक्ष दिपक अर्याल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदुरपश्चिम प्रदेश प्रमुख नविनकिशोर भट्ट विशिष्ट अतिथि रहेका थिए ।

Esewa
Crest

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल सुदुरपश्चिम प्रदेश समिति सचिव धनसिह ठगुन्ना, सदस्य सुशिला देउवा बम, पार्वती नेगि कार्कि र बिमक समिति महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्ट, धनगढी शाखाका अध्यक्ष ईश्वर बहादुर चन्द , बीमक समिति केन्द्रीय सदस्य मन्जु भट्ट सहितका ५ दर्जन बढि अभिकर्ताको उपस्थिति थियो ।

कार्यक्रममा बीमक समिति महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्ट,पेशागत बीमा अभिकर्ता संघ नेपालका सुदुरपश्चिम प्रदेश सचिव,नेशनल लाइफका प्रदेश प्रमुख नवीन किशोर भट्टले आफ्नो मन्तव्य राखेका थिए ।

पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् प्रमुख अतिथि दिपक अर्यालले पेशागत संगठनको ओैचित्य र अभिकर्ता हकहितका बारेमा बोल्दै व्यवसाय प्रवर्द्धनमा मोटिभेसन समेत गराए ।्

स्वागत मन्तव्य प्रदेश सदस्य सुशिला देउवा बमले रखेको कार्यक्रमको संचालन नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले गरेका थिए ।

सर्वसम्मतिबाट चुनिएको १३ सदस्यीय समिति
अध्यक्ष :राजेन्द्र बहादुर चन्द
उपाध्यक्ष :जीवन बहादुर बुढा
उपाध्यक्ष :दुर्गा कुमारि शाह
उपाध्यक्ष :भैरव भट्ट
सचिव :रतन चाड
सह सचिव :खडक बहादुर खाति
सह सचिव :बसन्ति चन्द
कोषाध्यक्ष :गिता मल्ल
सदस्यहरु
अन्जु न्यौपाने
सान्त राज ठकुल्ला
सरिता थापा
नवराज अवस्थी
पर्शराम चौधरी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS