IME Life New

नेशनल लाइफ इन्स्योरेन्सको बागमती प्रदेश गठन, अध्यक्षमा बराल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागमती प्रदेश भेला काठमाडौं शाखा घण्टाघरमा शनिबार सम्पन्न भएको छ। सो भेलामा २१ सदस्य कमिटी गठन भएको छ। सो भेला का प्रमुख अतिथि छाता संगठनका दीपक अर्याल क्रान्ति हमाल थिए भने विशिष्ट अतिथिमा प्रदेश प्रमुख जयराम धिताल र घनश्याम रिमाल अतिथिमा बीमक संघका यतिराज अधिकारी सुमन श्रेष्ठ श्याम श्रेष्ठ थिए ।

कार्यक्रम सुमन श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रमको अध्यक्षता उत्तमलाल श्रेष्ठले गरेका थिए । नयाँ समिति गठन पश्चात् प्रदेश प्रमुख द्वय जयराम धिताल र घनश्याम रिमालले नयाँ कमिटीलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो।

Esewa
Crest

गठन गरिएको नयाँ कमिटीको अध्यक्षमा दीपक कुमार बराल, उपाध्यक्षमा विनोद कोइराला, कविता गौतम, गोपाल अधिकारी, सचिवमा सुमिलोहनी , सहसचिव भरतप्रसाद दुलाल, पासाङ लामा, सिर्जना महर्जन, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सदस्यहरुमा रोशन यादव, विष्णुप्रसाद लामिछाने, सुनिता डंगोल, पूर्णकुमार श्रेष्ठ, आशा श्रेष्ठ, गोपी तामाङ, प्रजल राई, कमल श्रेष्ठ , कृष्णबहादुर तामाङ, रुपेश कुमार जिम्बा रहेका छन् ।

बागमती प्रदेश गठन पश्चात नवनिर्वाचित अध्यक्ष बरालले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका बागमती प्रदेश अन्तर्गतका शाखाहरु, शाखामा शाखा समिति छिटो गठन गर्ने र संगठन मजबुत बनाउँदै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS