IME Life New

नेशनल लाइफ इन्स्योरेन्सको ८.६४ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाख ६४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीका विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ८ लाख ६४ हजार ५५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ३ लाख ५८ हजार ६४ कित्ता, श्रीगणेश प्रोपर्टिज एन्ड इन्भेस्टमेन्टको १ लाख ३१ हजार ९८२ कित्ता र स्वदेशी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको १ लाख ५९ हजार ४५ कित्ता रहेको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि कम्पनीले ३५ दिनको अवधि दिएको छ।

इच्छुक संस्थापक शेयरधनीले तोकिएको मिति काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS