IME Life New

नेशनल लाइफबाट एमडीआरटीमा ९५, टीओटीमा २ र सीओटीमा ३ जना योग्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरटीमा ९५ जना सीओटी ३ जना र टीओटीमा २ जना जनासहित १०० जना योग्य भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी यस कम्पनीबाट उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका हुन् ।

यस कम्पनीबाट २०२५ का लागि शशीकला तामाङ र बिमल न्यौपाने टीओटी बन्न सफल भएका छन् भने जीवन कुमार खत्री, शर्मिला अर्याल पान्डे र प्रकाश श्रेष्ठ कार्ट अफ द टेबल (सीओटी) का लागी योग्य भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीको केन्द्रीय कार्यालय तथा विभिन्न शाखा र उप शाखा कार्यालयमा आबद्ध अभिकर्तामध्ये २०२५ का लागि कुल १०० जना अभिकर्ताले उक्त लक्ष्य हासिल गरेका हुन् । यस सन्दर्भमा कम्पनीले सबै अभिकर्तालाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्य सम्पादन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS