IME Life New

नेशनल लाइफको हेटौंडा शाखाद्वारा साढे ६ लाख रुपैयाँ मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाले मृतक परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले चैत २३ गते हेटौंडाका शाखा प्रमुख नारायण कार्कीको अध्यक्षता तथा निजगढ नगर पालिका वडा नं ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीको प्रमुख आतिथ्यतामा बारा निवासी स्व. सुजल आचार्यको परिवारलाई दाबी भुक्तानी दिएको हो । उनको माघ २१ गते २१ बर्षको उमेरमा भएको असामयिक निधन भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले निजको बीमा प्रारम्भ मिति २०७६ जेठ ३ गते शुक्रबारका दिन जारी गरिएको बीमाङक रकम ५ लाख र कम्पनीको आर्जित बोनश गरि बीमितले ५ बर्षमा प्रिमियम तिरेको रकम रु १,४०,७१० रुपैयाँ भएतापनि कम्पनीको नियमानुसार सामान्य मृत्युमा बीमितले पाउने सुविधा बीमाङक रकम र बोनश भएकोले कुल रकम रु ६,५४,२३५ रुपैयाँ बीमितको हकवाला माता ईश्वरी आचार्यलाई उनकै निजी निवासमा गई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

Esewa
Crest

अभिकर्ता उमानाथ आचार्यले संचालन गरेको उक्त कार्यक्रममा एमडिआरटी भरत रोका, अभिकर्ता किरण पौडेल, प्रदिप बुढाथोकी, समाजसेवी गिता चौलागाई, नानीदेवी थापा, समाधान सहकारी निजगढका ब्यबस्थापक एलिसा खड्‌का लगायत स्थानिय ब्यक्तिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS