IME Life New

नेशनल लाइफको ‘मुक्तिनाथ भ्रमण’ कार्यक्रम, २०० बढी अभिकर्ताको सहभागिता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ।

कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८० असोज र कात्तिक महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल २०० जनाभन्दा बढी वरिष्ठ अभिकर्तालाई नेपालको पर्यटकीय क्षेत्र मुस्ताङको मनोरम दृश्यहरु अवलोकन गराउने र त्यहाँ अवस्थित नेपालको मुख्य तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो।

Esewa
Crest

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवर्द्धन हुनुका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताहरुबीच एक–आपसमा अन्तर्क्रिया भई अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुग्न जाने भएकोले कम्पनीले यस प्रकारको योजना ल्याएको र अभिकर्ताको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS