IME Life New

नेशनल लाइफको गाईघाट शाखाद्वारा रक्तदान सहित तीन कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो वीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३७ औँ वार्षिकोत्सवको अवसरमा गाईघाट शाखाले एकै दिन तीन कार्यक्रम सम्पन्न गरेको छ । शाखाले अस्पतालका बिरामीलाई फलफूल बितरणदेखि रक्तदान र फरक क्षमता भएका अपाङगता बालबालिकालाई सामूहिक भोजन गरी वार्षिकोत्सव मनाएको हो ।

बिहीवार बिहानै गाईघाटस्थित कार्यालयमा केक काटेर उद्घाटनपछि बोक्सेस्थित उदयपुर जिल्ला अस्पताल पुगेर बिरामीहरुलाई फलफूल बितरण गरिएको थियो । प्रशुती कक्ष, आकस्मिक र वार्ड गरी करिब ६० जना बढी बिरामीलाई फलफूल बितरण गरिएको नेशनलका गाईघाट शाखा प्रमुख प्रेमकुमार राईले जानकारी दिए ।

Esewa
Crest

लगतै कम्पनी आबद्ध अभिकर्ता, शाखाका कर्मचारी, शुभचिन्तकलगायतको टोलीले स्थानीय त्रियुगा नमुना माविमा रहेका स्रोत केन्द्र पुगी बिभिन्न ३१ जना बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सामूहिक भोजनसमेत गराएको स्रोत शिक्षक अमृत हमालले जानकारी दिए । त्रियुगा माविमा बिभिन्न फरक क्षमता भएका बालबालिकाहरुका लागि विशेष व्यवस्थासहित स्रोत केन्द्र संचालन गरिदै आएको छ ।

त्यस्तै सामूहिक भोजनपछि शाखाले रक्तदान कार्यक्रम संचालन गरेको थियो । जिल्लास्थित व्लड बैंकको प्राबिधिक सहयोग आयोजित रक्तदानमा २० जनाले सहभागीता जनाएका थिए । सो क्रममा कम्पनी शाखा गाईघाट आबद्ध अभिकर्ता तथा अन्य सर्वसाधरणले पनि रगत दान गरेका हुन् ।

कम्पनी स्थापनाको दिन विशेष सामाजिक कार्य गरेर मनाइएको शाखा प्रमुख राईले बताए । ‘हामी वीमा व्यवसाय मात्र गदैनौँ’ प्रमुख राईले भने, ‘सामाजिक कार्यप्रति अग्रसर हुनका लागि अन्य समुदायलाई पनि प्रबद्र्धन गराउने सबैको दायित्व हो ।’ तीन वर्षअघि देशकै सबैभन्दा सर्वोत्कृष्ट बनेको गाईघाट शाखाले एकै दिन फरक फरक क्षेत्रका तीन सामाजिक काम एकैदिन सम्पन्न गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS