IME Life New

नेरुडेद्धारा वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा ६ पानबारीमा रहेको सरस्वती मा.वि.का विद्यार्थी तथा सरोकारवालाहरुसँग वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा शाखा कार्यालय धरानका शाखा प्रबन्धक सुमन भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले संस्थागत परिचय साथै सामाजिक कार्यमा नेरुडेले खेलेको भूमिका तथा भावि कार्य योजनाका विषयमा चर्चा गरेका थिए । कार्यक्रम नेरुडेका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालको अध्यक्षतामा,प्रमुख आतिथि धरान उपमहानगरपालिका वडा ६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराई, विशेष अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कटुवाल, प्रधानाध्यपक गंगाप्रसाद धमला लगाएतको उपस्थितीमा भएको थियो ।

Esewa
Crest

प्रमुख कार्यकारी अधिकृतले वित्तीय साक्षरता सम्बन्धीका विषयहरु कर्जा, बचत, रेमिट्यान्स, लघुउद्यम, बीमा र पारिवारिक बजेट सम्बन्धमा सहजिकरण गरेका थिए । त्यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले वित्तीय साक्षरता सगै प्रविधि साक्षरताको समेत आवश्यकता भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र भट्टराईले नेरुडेले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै प्रगतिको कामना गरेका थिए ।यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त भएको र आउदा दिनहरुमा नेरुडेसँग सहकार्य गरी कार्य गर्ने प्र.अ. गंगाप्रसाद धमलाले बताए ।
कार्यक्रममा बंगलादेशका प्रो.डा.मोहम्द युनुसले सुरु गरेका थ्रीजिरो कल्ब (जिरो कार्बन उत्र्सजन, जिरो गरिबी, जिरो बेरोजगारी) को अवधारणाका विषयमा नेरुडेका क्रेडिट प्लस कार्यक्रमका फोकल पर्सन राजु श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS