IME Life New

नेप्सेमा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजजन तथा यी इन्स्योरेन्सहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन सूर्यज्योतिको १० दशमलव २६ प्रतिशत र प्रभुको ४ दशमलव ७५ प्रतिशत बोनश शेयर मूल्य समायोजन गरेको हो। समायोजनपश्चात सूर्यज्योतिको शेयरमूल्य ४५७ रुपैयाँ ७४ पैसा कायम भएको छ भने प्रभुको ७३७ रुपैयाँ ४७ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा सूर्यज्योतिको शेयर प्रतिकित्ता ५०४ रुपैयाँ ७० पैसा र प्रभु इन्स्योरेन्सको ७७२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS