IME Life New

नेपाल लाइफले शेयरधनीलाई केही नदिने, बीमितको पनि बोनस घट्ने पक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई निराश बनाएको छ। नेपाल लाइफले आर्थिक वर्ष २०७८/७९ का लागि शेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको हो।

कम्पनी सञ्चालक समितिको आइतबार (माघ ७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश (नगद र बोनश शेयर) वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीले सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने र त्यहाँबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट वित्तीय विवरण अनुमोदन  गर्ने छ।

Esewa
Crest

त्यसो त सीईओ प्रविणरमण पराजुली वरिष्ठ नायब प्रमुख कार्यकारी भएको यो अवधि (७८/७९)को लाभांश शून्य भएको हो।

शेयरधनीलाई निराश बनाउँदै नेपाल लाइफ, आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश बाँड्न नसक्ने

उता आर्थिक वर्ष २०७८/७९ को बीमितलाई दिने बोनश दर घोषणा नगरी लाभांश नबाँड्ने निर्णय कम्पनीले गरेको छ। त्यसैले बीमितलाई दिने बोनश दर पनि घट्ने लगभग निश्चित भएको छ।

यो कम्पनीको एक्चुरी भ्यालुएसन बीमा प्राधिकरणबाट स्वीकृत भएको आज ६ दिन भइसकेको छ। भोलि कुनै एउटा राष्ट्रिय दैनिक पत्रीकामा यसबारे सूचना प्रकाशित गर्नेछ।

नेपाल लाइफले २०६८/२०६९ देखि आर्थिक वर्ष २०७७/७८ सम्म लगातार शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको थियो। तर, २०७६/७७ र २०७७/७८ मा भने यो कम्पनीको लाभांश दर निकै घटेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ मा नेपाल लाइफले १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा भने १५.७८९५ प्रतिशत नगद लाभांशमा वितरण गरेको थियो।

1705835679108

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS